24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

गुठी संस्थानको नाममा हुनु पर्ने जग्गा व्यक्तिको नाममा, अध्यक्ष चाैधरीकाे आपती

वीरगंज । नेकपा (एकिकृत समाजवादी) वीरगंज महानगर कमिटिका अध्यक्ष मनोज चौधरीले गुठी संस्थानको नाममा हुनु पर्ने जग्गा व्यक्तिको नाममा भएको प्रति आपति जनाएका छन् ।

कालिका टाईम्ससंगको संवादमा अध्यक्ष चौधरीले महानगरभित्र कुनै पनि प्रकारको अनुदानमा सार्वजनिकीकरण भईसकेको जग्गा पुनः आफ्नो नाममा गराएर निजी सम्पती बनाए आफू र आफ्नो पार्टीले त्यसताहरुको बिरुद्ध संघर्ष गर्ने बताए ।

अध्यक्ष चौधरीले  साविक वीरगंज उप–महानगरपालिकाकाे वडा नं. १० हाल वीरगंज महानगरपालिका वडा नं. ८ मा  पर्ने शिवा आँखा अस्पताल जाने बाटाेमा रहेकाे सुर्यानारायण मन्दिर छेउछाउकाे किता नं. ६७,२९९ र ३ को ९ कठ्ठा १२ धुर जग्गा कन्क शमशेर राणाले सार्वजनिक उपभोगको लागि अनुदानमा दिईसके पनि स्थानीयले उक्त जग्गा सार्वजनिक परियोजनको लागि उपयोग गर्न नपाएकोमा आफू दुःखी भई सार्वजनिक उपयोगको गराउनको लागि लागीपर्ने बताए ।

चौधरीले कन्क शमशेर राणाले उक्त वडाका बासिन्दाहरुको लागि आफ्नो नाममा रहेको जग्गा सार्वजनिक उपयोगका लागि सार्वजनिकीकरण गरिसके पनि हाल गुठ्ठि संस्थानको नाममा हुनु पर्ने जग्गा राणाका सुपुत्र हेमाद्री शमशेर राणाले नैतिकता छोडी पुनः आफ्नो पूर्वजको सम्पती आफ्नो नाममा गराई जघन्य अपराध गरेको समेत बताए ।

नेता चौधरीले हेमाद्री शमशेर राणाको कुकृत्यका बिरुद्ध म लगायत मेरो पार्टीले जनताको भलो हुने गरी पुनः सार्वजनिकिकरण गराउन आवश्यक संघर्ष गर्न पछि नहट्ने समेत दाबी गरे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:2.983 sec. Memory consumption:81.45 mb