वीरगंज । वीरगंज महानगरपालिकाकाे विभिन्न वडामा नेकपा (एकीकृत समाजबादी) काे वडा कमिटी गठन भएको छ । वीरगंज महानगरपालिकाकाे वडा नं. १७, २१, २२ र २३ मा वडा कमिटी गठन भएको महानगर अध्यक्ष मनाेज चाैधरीले वताए ।
वीरगंज महानगरकाे वडा नं. १७ अलाैंमा रमेश चौधरीको अध्यक्षतामा १२१ सदस्यीय वडा कमिटी गठन भएको अध्यक्ष चाैधरीले जानकारी दिए । नवगठित कमिटीकाे उपाध्यक्षमा अम्बिका साह कानु, रन्जित चौधरी, सचीवमा जयलाल पटेल, सह-सचीवमा जुग्नु अन्सारी र सदस्यहरुमा क्रमश बिजयभक्त माली, लालबाबु पटेल, कपिलदेव साह तुरहा लगायत रहेका छन् ।
त्यस्तै वीरगंज महानगरकाे वडा नं. २१ मा राजमहम्द मियाँको अध्यक्षतामा ५४ सदस्यीय वडा कमिटी गठन भएको छ । जसको उपाध्यायमा सन्जय साह, सचीवमा रामनरेश कुशवाहा, सह – सचीवमा सुब्बा पटेल र कोषाअध्यक्षमा रामेश्वर कुशवाहा रहेका छन् ।
त्यस्तै, वीरगंज महानगरकाे वडा न. २३ मा आशनारायण पाण्डितको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन भएको छ । जसको सचीवमा सत्यनारायण माली र सदस्यहरुमा रामानन्द यदाव, रमेश महरा, रामअशिश कुशवाहा लगायत रहेका छ्न् ।
त्यस्तै वडा नं. २२ मा शिव ठाकुरको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन भएको छ । जुन कमिटीकाे सचीवमा शम्भु गिरि रहेका छन् ।
वडा कमिटी गठनकाे लागि भएकाे भेलामा पार्टीका केन्द्रिय सदस्य रामचन्द्र साह, जिल्ला अध्यक्ष बालगोपाल थापा, वीरगंज माहानगर अध्यक्ष मनोज चौधरी, कार्यालय सचीव शंकर कर्ण, जिल्ला सदस्यहरु मन्जुर आलम, बृज प्रसाद यदाव, अनिल पटेल, सुब्बेदार यादव लगायतको उपस्थिती रहेको थियाे ।