30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

चलचित्र पत्रकार संघ पर्साले अन्तरक्रिया कार्यक्रम गर्ने

वीरगञ्ज ।  राष्ट्रिय चलचित्र पत्रकार संघ नेपाल पर्सा शाखाको बैठक आइतवार सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा संघकी पर्सा शाखा अध्यक्ष निलिमा पौडेलको अध्यक्षतामा बसेको बैठकले संघका गतिविधिलाई चलायमान बनाउने निर्णय गरेको छ ।

संघ गठन भएपश्चात कोरोना भाइरसको महामारीका कारण गर्न नसकिएका विभिन्न कार्यक्रमहरुलाई अब निरन्तरता दिने निर्णय भएको संघका उपाध्यक्ष विवेक कर्णले जानकारी दिए । उपाध्यक्ष कर्णका अनुसार आजको बैठकले यही असोज महिनामा वीरगञ्जमा सञ्चालित हलका सञ्चालक, वीरगञ्जका चलचित्र निर्माता, कलाकारहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।

वीरगञ्जमा चलचित्रको विगत, वर्तमान र भविष्यको बारेमा समिक्षा गर्ने चलचित्रको क्षेत्रमा देखिएका समस्याहरुको समाधान गर्दै अवसरको सदुपयोग गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्ने निर्णय गरिएको संघका सचिव सूर्यनारायण वि.क.ले बताए ।

त्यसैगरी बैठकले संघको सदस्यता शूल्क संकलन गर्नुका साथै बैंक खाता सञ्चालन गर्ने समेत निर्णय गरेको छ । बैठकमा कोषाध्यक्ष समिना रञ्जितकार, सदस्यहरु शम्भु कुमार सुमन, रन्जित यादव लगायतको उपस्थिती रहेको संघका सचिव वि.क.ले जानकारी दिए । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:216. Generation time:2.494 sec. Memory consumption:81.47 mb