24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

पर्सा र बाराकाे विभिन्न स्थानमा गणेश चतुर्थी धुमधामका साथ मनाइँदै

बारा ।  पर्सा र बाराकाे बिभिन्न स्थानमा हिन्दु धर्मावलम्बीहरुले धुमधामका साथ गणेश चतुर्थी मनाउन थालेका छन् । शुक्रबारदेखि ५ दिन सम्म श्री गणवेश भगवानको पुजा आयोजना गरी गणेश चतुर्थी मनाउन थालिएकाे हाे ।  

जीतपुर तथा विरगंजको घडिअर्वामा शुक्रबार विहान शोभा यात्रा भब्य रुपमा निकालीएकाे थियाे । गणेश चतुर्थीकाे पहिलो दिन अर्थात शुक्रबार बिहानै जीतपुरकाे पुजा स्थलबाट निकालिएको शोभा यात्रा जीतपुरसिमरा उपमहानगरपालिकाकाे वडा नं. ७ जीतपुरका मुख्य सडक हुँदै पहाडी टोल, पाडाबाजार, केराढोका, टेढारोड लगायत बिभिन्न स्थानहरुको परिक्रमा गरेकाे थियो ।

देशमा शान्ति सुरक्षा कायम होस् भन्दै जीतपुरको गौशालाको फिल्डमा ५ दिन सम्मका लागि आयोजना गरिएको जीतपुर पुजा समितिका अध्यक्ष श्रीराम साह कानुले वताए ।

घोडा दौड, बाजागाजाका साथ निकालिएकाे शाेभा यात्रामा सयाैं भक्तजनहरुकाे सहभागिता रहेकाे थियाे ।

यस्तै, विरगंजमा घडिअर्वा पाेखरीस्थित पुजा स्थलबाट निस्केकाे शाेभा यात्रा  वीरगंज बजारकाे परिक्रममा गरि पुनः पुजा स्थलमा पुगी सम्पन्न भएकाे थियाे ।

सोभा यात्रामा बिभिन्न राजनितिक दलका व्यक्तिहरु, समाजसेवाी, स्कुलका छात्र–छात्राहरु, बिभिन्न क्लबका पदाधीकारीहरु, श्रद्धालु भक्तजनहरु लगायत स्थानीयहरुको सहभागीता रहेको थियो ।

गणेश चतुर्थी पुजाको मुख्य आकर्षणको रुपमा श्री गणेश भगवानलाई भोग चढाइँने दूई सय ६५ किलोको लडडु रहेकाे छ । पुजास्थलमा प्रत्येक दिनहुने सांस्कृतिक कार्यक्रममा बिभिन्न स्थानका कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने पुजा समितिका अध्यक्ष कानुले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:5.322 sec. Memory consumption:81.45 mb