वीरगंज । भारतबाट अवैधरूपमा सुन र चाँदीका गरगहानाहरु ल्याउँदै गरेका एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
ईलाका प्रहरी कार्यालय पोखरियाको चेकिङ टोलीले आइतबार विहान ०९:१५ बजे पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं.२ निवासी १९ बर्षिय साेनु कुमार साेनारलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
जगरनाथपुर गाउँपालिकाकाे वडा नं. २ स्थित सडक खण्डमा शंकास्पदरूपमा पैदल हिंडिरहेका निम्न व्यक्तिलाई रोकी निजको तलासी लिँदा निजले बोकेको कालो रंगको ब्यागभित्र चाँदी जस्तो देखिने धातुबाट बनेको तयारी गरगहनाहरू १ के.जी.९७० ग्राम र सुन जस्तो देखिने धातुबाट बनेको तयारी गरगहनाहरू १४.४०० मिली ग्राम फेला परेको प्रहरीले जनाएकाे छ ।
निजलाई उक्त सुन चाँदीसहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।