वीरगंज । पर्साको निर्वाचन क्षेत्र ४ को (ख) अन्तर्गत पर्ने कालिकामाई गाउँपालिकाको वडा नं.५ बिरन्चिबर्वामा साेमबार नेपाली काङ्ग्रेसको पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ ।
बिरन्चिबर्वा गाउँमा भएको कार्यक्रममा गत स्थानिय तहकाे निर्वाचनमा तत्कालिन राजपाबाट वडाध्यक्षका उम्मेदवार भएका माधो चौहfन, जंगबहादुर प्रसाद कुर्मी, जयबालक साह कानु, जामुन महताे चाैहान, चाेकट महताे चाैहान, करिमन महताे चाैहान, रामअयाेध्या चाैहान, रामानन्द चाैहान, ब्यास चाैहान, नरेश चाैहान, राजहरण चाैहान, राजकरण चाैहान, मुना साह कलवार, मदन हाजरा नेपाली काङ्ग्रेसमा प्रबेश गरेका छ्न ।
यस्तै, अमिरका राउत कमकर, राजेन्द्र साह तेली, लालजित साह तेली, भुलावन भगत माली, मजाहिर मियाँ, शिवभगत माली, दिनानाथ भगत माली, छठु महताे केंवट, रामायण भगत माली, दिना राउत कम्कर, अरुण कुमार रेवानी, अर्जुन महताे केंवट, सनु ठाकुर हजाम, गाैरीशंकर साह कलवार, विद्या भुषण प्रसाद, तेज बहादुर प्रसाद कुर्मी, जमुना महताे, साहेब हजरा, हरिन्द् हजरा, मदन राउत कुर्मी, रामवृक्ष राउत कुर्मी, परमानन्द हजरा, राजेश्वर ठाकुर लगायत एक सय जना भन्दा बढीले कांग्रेस प्रबेश गरेका हुन् ।
नव प्रबेशीहरुलाई नेपाली काङ्ग्रेसका नेताहरु फुल माला र अबिरको टीका लगाई पार्टीमा स्वागत गरेका थिए ।
मधेशकाे मांग नेपाली कांग्रेसले पुरा गर्छ : नेता रिजाल
पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले संविधानलाई ट्रेकमा ल्याउन नेपाली काङ्ग्रेस सरकारमा गएको वताए ।
उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओलिको बदमासी कारण संविधान ट्रेक बाहिर गएकोले ट्रेकमा ल्याउन नेपाली काङ्ग्रेसका सभापती शेरबहादुर देउवा सरकारको नेतृत्व गर्नु भएको बताए । उनले मधेशको बाकी रहेको धेरै काम नेपाली काङ्ग्रेसले गर्ने समेत वताए ।
काङ्ग्रेस नै सबै समस्याको समाधान गर्ने बताउँदै नेता रिजालले मधेशकाे माग पनि नेपाली कांग्रेसले नै पुरा गर्ने वताए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेता रिजालले भ्रष्टाचारको विरुद्ध नगरे सम्म देशममा शुसासन कायम नहुने वताए । राजनीति कमाउने ठाउँ नभएको बताउँदै उनले त्यस्तो व्यक्तिकाे नेपाली काङ्ग्रेसमा ठाउँमा नभएको वताए । नेता रिजालले पालिकामा बढदै गएकाे भ्रष्टाचार र अनियमितताको बिरोध गर्न आहवान समेत गरे ।
उनले भने “बढ्दाे भ्रष्टाचारकाे विराेध गर्नुस् । अहिले नेपाली काङ्ग्रेसको सरकार छ, डाराउन पर्दैन् । कसैले कसैलाई फसाउन सक्दैन् ।”
नेपाली कांग्रेसकाे सपना अझै अधुराे छ : जिल्ला सभापति द्विवेदी
नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीले नेपाली कांग्रेसकाे सपना अझै अधुराे रहेकाे वताए । उनले कानुनकाे शासन नभए सम्म जनताकाे सपना पुरा नहुने, जनताकाे सपना पुरा नभए सम्म कांग्रेसकाे सपना पुरा नहुने वताए ।
उनले भने “अहिले पनि आम जनता प्रहरी कार्यालयमा एकलै जान सक्छन् ? अदालतमा विना पैसाकाे फाइल अगाडी बढन सक्छ ? बैंकमा विना घुषकाे सर्वसाधारणले ऋण पाउन सक्छन् ? त्यसैले कानुनकाे शासन हुनु पर्छ, विधिकाे शासन हुनु पर्छ, जनताले न्याय पाउनु पर्छ तब गएर नेपाली कांग्रेसकाे सपना पुरा हुन्छ ।”
कार्यक्रमका विशिष्ठ अतिथी समेत रहेका सभापति द्विवेदीले मधेश आन्दोलन जायज भएको वताए । उनले राजनीतिबाट आम जनता प्ररस्टेशन हुन थालेकोले त्यो हटाउन जरुरी रहेको धारणा राखे ।
काङ्ग्रेसको सपना पूरा गर्न साझ संकलप लिनु पर्ने वताउँदै नेता द्विवेदीले प्रजातन्त्रको बिकल्प नभएको वताए । नेपाली काङ्ग्रेस मात्र प्रजातन्त्रलाई बलियो बनाउन सकने दाबी गरे ।
नेपाली काङ्ग्रेसको कालिकामाई गाउँपालिका वडा नं. ५ का सभापति अमिरका ठाकुरको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य शंकर चौधरी, महासमिती सदस्य बशिष्ठ नारायण कुर्मी, बृहस्पति श्रेष्ठ, कृपा सिन्दु चौधरी, जिल्ला सचिव किशाेरी साह, जिल्ला सदस्य नवीन सिंह, क्षेत्रीय नं. ४ का सभापती रमेश पाण्डे, क्षेत्र नं. ४ काे (ख) का सभापति श्रीकान्त यादव, छठु साह, उमेश चाैहान लगायतकाले मन्तब्य राखेका थिए । कार्यक्रमकाे संचालन रामाकान्त प्रसाद कुर्मीले गरेका थिए ।