24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

राेट्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसकाे अध्यक्षमा कर्ण र सचिवमा बर्णवाल

वीरगंज । रोट्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसकाे पाँचौ पदस्थापन समारोह तथा धन्यवाद ज्ञापन कार्यक्रम शनिबार वीरगंजमा सम्पन्न भएको छ ।

वीरगंजकाे आदर्शनगरस्थित हाेटल पुजनमा भएकाे कार्यक्रममा वर्ष २०२१/२२ का अध्यक्ष आलाेक रन्जन कर्ण तथा क्लबका पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई पदस्थापन गरिएको थियो ।

राेटेरियन शशि रंजन कलवारले क्लबका अध्यक्ष कर्णकाे सपथ ग्रहण गराएका थिए भने अध्यक्ष कर्णले क्लबका पदाधिकारी र रोटेरियन अनिल जैसवालले सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।

क्लबका उपाध्यक्षमा रविन श्रेष्ठ, सचिवमा दिपु बर्णवाल, सह सचिवमा अंशुल अग्रवाल, काेषाध्यक्षमा निखिल गुप्ता, सह काेषाध्यक्षमा निश्चल प्रजापती, सदस्यमा सुधिर प्रजापती, आनन्द साह, प्रबिन माली, राहुल साह, विकास साह कानु लगायतकाले सपथ ग्रहण गरेका थिए ।

यस्तै, क्लबकाे सर्भिस डाइरेक्टरमा मधु प्रजापती, कम्युनिटी सर्भिस डाइरेक्टरमा राेहित गुप्ता, प्रोफेसनल सर्भिस डाइरेक्टरमा मेघा दाधिच, इन्टरनेशनल सर्भिस डाइरेक्टरमा मुकेश साह, सर्जेन्ट एट आमर्स पल्लव ठाकुर रहेका छन् ।

कार्यक्रममा बाेल्दै क्लबका अध्यक्ष कर्णले वर्ष २०२१/०२२ मा रोट्रयाक्ट क्लब वीरगंज मेट्रोपोलिसले रचनात्मक कार्यलाई अगाडी बढाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा क्लबकी निबर्तमान अध्यक्ष सलाेनी राैनियार वर्ष २०२०/०२१ मा क्लबले संचालन गरेकाे कार्यक्रम बारे प्रस्तुती मार्फत जानकारी गराएकी थिइन । क्लबले विभिन्न विद्यार्थीहरुलाई छात्रवृती प्रदान, रक्तदान लगायतकाे कार्यक्रम गरेकाे उनले जानकारी गराइन ।

कार्यक्रममा राेटेरियन संजय साह, शशि रंजन कलवार, सुरेश गाेर्खाली, हरिओम साह, चन्दन सिंह, आयुष गुप्ता, अमित शर्मा, प्रकाश कर्ण लगायतकाे सहभागिता रहेकाे थियाे भने कार्यक्रमकाे संचालन मेघा दाधीच र मधु प्रजापतीले गरेकी थिइन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:216. Generation time:4.410 sec. Memory consumption:81.45 mb