वीरगंज । ट्रकमा सवार १९ वर्षिय महिलालाई पटक पटक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ ।
वीरगंज महानगरपालिकाकाे वडा नं. २१ बस्ने २७ वर्षिय सुनील महतो र पोखरिया न.पा. वडा नं.६ बस्ने २५ वर्षिय शिवबालक महतोलाई असार ३० गते बुधबार प्रहरीले पक्राउ गरेकाे हाे ।
असार २७ गते बिहान रुकुम जिल्ला घर भएकी १९ वर्षिय महिला २ वर्षिय छोरा सहित बुटवल जानको लागि कलङ्की चोकनिर सार्वजनीक सवारी साधनको प्रतिक्षा गर्दै थिइन ।
सोही बखत ना.५.ख.२८७० नम्बरको ट्रक चालक सुनील महतोले नारायणगढसम्म पुर्याइदिन्छु भनी उनलाई ट्रकमा चढाए । पहिरोका कारण चितवनमा बाटोमा जाम थियो ।
जाममा गाडी रोकिएको अवस्थामा महतोले ट्रकको क्याबिनभित्र सीटमा जबरजस्ती करणी गरेको उनले जाहेरीमा उल्लेख गरेकी छिन । असार २८ गते जाम खुलेपछि महतोले युवतीलाई चितवनको रामनगरसम्म ल्याई दिउसो १ बजे शिवबालक महतोले चलाएको ना.६ख.३३६९ नं. को ट्रक रोकी उक्त ट्रकमा चढाइदिए ।
ट्रक बुटवल जाने भन्दै आफूलाई ट्रकमा चढाएको ति युवतीले बताइन । महतोले ट्रकमा उनलाई बीरगञ्जतर्फ ल्याएको र बीरगञ्ज ल्याउने क्रममा पथलैया अमलेखगंज सडक खण्डको जङ्गल एरियामा पुगेपछि राजमार्ग छेउमा ट्रक रोकी पटकपटक करणी गरिएको पीडित महिलाले बताइन ।
असार गते बिहान ८ बजे महतोले सोही ट्रकका सहचालक सोही ठाउँका २७ वर्षिय इन्दल चौहानलाई गाडी चलाई ड्राइपोर्टसम्म पुर्याउन भनेकोमा निज सहचालक इन्दल चौहाननाको ४० वर्षिय ब्यक्तिले पीडितलाई ड्राइपोर्ट परवानीपुर सडकखण्डको बिचतिर गाडी रोकी पालैपालो जबर्जस्ती करणी गरी ड्राइपोर्टमा ल्याई अलपत्र अवस्था छोडी हिँडेका थिए ।
दिउसो ५ बजेको समयमा र्सिसिया प्रहरी चौकीबाट निस्किएको गस्ती टोलीले ति महिलालाई फेला पारी उद्धार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओम प्रकाश खनालले बताए ।
प्रहरीले पीडित महिलाको नालीबेली ससनीसकेपछि घटनामा संलग्न सुनील महतो र शिवबालक महतोलाई उनीहरुले चलाएको दुइटा ट्रसहित गिरफतार गरेको छ ।
पीडित महिलाले असार ३० गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । महिलाको स्वास्थ्य परिक्षण आसार ३१ गते बीरगंजको नारायणी अस्पतालमा भएको छ ।
प्रतिवादीलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थमाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी खनालले जानकारी दिए । २ घटनामा सलंग्न अन्य २ जना व्यक्तिहरुको खोजतलाश भइरहेको उनले वताए ।