वीरगंज । बालिकालाई जबरजस्ती करणी गरेकाे आराेप एक युवकलाई प्रहरीले पक्राउ गरेकाे छ । पर्साकाे बहुदरमाई नगरपालिका वडा नम्बर २ पिपराटोल बस्ने वर्ष २५ को धर्मराज साह कानूलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
पक्राउ परेकाे युवकले असार १४ गते १२.३० बजे १५ वर्षीया वालिकाको घरमा गई निज सुत्ने कोठामा प्रवेश गरी निजलाई विवाह गर्ने र जागीर लगाइदिने प्रलोभनमा पारी सखुवाप्रसौनी गाउँपालिका वडा नं ४ स्थित बाँसघारीमा लगी जबरजस्ती करणी गरेकाे आराेपकाे आधारमा पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।
त्यसपश्चात पनि बालिकालाई आफू साथै राखी पटकपटक जबरजस्ती करणी गरेको भन्ने व्यहोराको पीडित बालिकाको अभिभावकको जाहेरी दरखास्त पर्न आएको हुँदा निज धर्मराज कानूलाई बुधबार नियन्त्रणमा लिई जबरजस्ती करणी सम्बन्धी कसूर गरेको अभियोगमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।