वीरगंज ।
सरकारी वकिल कार्यालय पर्साको आयोजनामा “समुदायमा सरकारी वकिल” सम्बाद कार्यक्रम आज वीरगंजमा सम्पन्न भएको छ।
वीरगंज पानीटंकी स्थित डेसिमल कलेजमा भएको कार्यक्रममा डेसिमल कलेजको कानुन संकायमा अध्यनरत २५ जना बिधार्थीहरु र सरकारी वकिल कार्यालय पर्साका वकिल एव अन्य पदाधिकारीहरु बीच कानुन संग सम्बन्धित बिभिन्न बिषयमा सम्बाद भएको थियो ।
कार्यक्रम मा फौजदारी मुद्दाको अनुसन्धान अभियोजन र न्याय सम्पादन सम्बन्धि बिद्यार्थीहरुको जिज्ञासा एव प्रशनहरुलाई जिल्ला सरकारी वकिल कार्यालय पर्साका कार्यालय प्रमुख जिल्ला न्यायाधिवकता श्री पदमबहादुर कार्की लगायत उपस्थित सरकारी वकिल कार्यालयका कर्मचारीहरुले सम्बोधन गरेका थिए।
सम्बाद कार्यक्रमको सहजीकरण जिल्ला सरकारी वकिल कार्यालय पर्साका सहायक न्यायाधिवकता दिपेश साहले गर्नु भएको थियो भने कार्यक्रममा डेसिमल कलेजका अध्यक्ष सन्नी कुमार दुबे र कलेजका निर्देशक रंजित पण्डित लगायतको उपस्थिति रहेको थियो।