वीरगंज । बर्षायाममा पर्सा जिल्लाकाे ग्रामिण भेगकाे सडककाे अवस्था बेहाल भएकाे छ । मनसुन सुरु भएपछि ग्रामिण भेगकाे विभिन्न सडकहरुमा खाल्डा खुल्डी भएर पानी जमेका छन् ।
पाेखरियादेखि जानकी टाेला जाने सडकमा एक फिटदेखी ३ फिट सम्म खाल्डा खुल्डी भएर पानी जम्मेका कारण सवारी साधनकाे आवत जावतमा समस्या हुने गरेकाे छ । साे सडक खण्डकाे विभिन्न ठाउँमा खाल्डा खुल्डी भएर पानी जम्मेका छन् भने केही ठाउँमा पानी जम्मेका कारण सडक हिलाेमै भएकाे छ ।
जस कारण सवारी साधन आवत जातवतमा समस्या हुनुकाे साथैे पैदल आवत जावतमा समेत कठिनाई हुने गरेकाे छ ।
यस्तै, पदम राेडकाे पनि विभिन्न ठाउँमा कलभट निर्माण नभएका कारण सवारी साधन आवगमन प्रभावित हुने गरेकाे छ । साे सडक खण्डकाे सुपवलीस्थित कलभट निर्माण भएपनि माटाे पुर्ने काम नभएका कारण सवारी साधन आवतजावतमा समस्या हुने गरेकाे छ ।
कलभट माटाे पुर्ने काम नभएका कारण वैकल्पिक बाटाेकाे रुपमा खेतकाे बाटाे भएर सवारी साधन आवतजावत गर्नु परेकाे छ । तर त्याे वैकल्पिक बाटाे बिग्रेका कारण एम्बुलेन्स आवत जावतमा समेत समस्या हुने गरेकाे छ ।
त्यस अघि पनि साेही सडक खण्डकाे भिविन्न ठाउँमा कलभटकाे निर्माण कार्य सम्पन्न नभएका कारण वैकल्पिक रुपमा खेतकाे बाटाे भएर सवारी साधनलाई आवत जावत गर्नु परेकाे छ ।