26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

फाउन्डेसन पर्साद्वार दुई पत्रकार पुरस्कृत

वीरगंज । जिपि काेइराला फाउन्डेसन पर्साले २ जना पत्रकारलाई सम्मान गरेकाे छ ।

पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व सभापति स्व. गिरीजा प्रसाद कोइरालाको ९८ औँ जन्मजयन्तीको अवसरमा फाउन्डेसनले स्थापना गरेकाे क्रियाशिल पत्रकारित पुरस्कारबाट पर्साका २ जना पत्रकार सम्मानित भएका हुन् ।

फाउन्डेसनले बिबिसी पर्साकी संवाददाता एवम् सामुदायीक रेडियो नारायणी एफएमकी समाचार प्रमुख माधुरी महतो र ग्यालेक्सी फोर के टेलिभिजनका पर्सा संवाददाता इर्फान अली सम्मान गरेकाे हाे ।

 नेपाल पत्रकार महासंघ पर्साकाे सभा हलमा भएकाे एक कार्यक्रममा फाउण्डेशन पर्साले स्थापना गरेको क्रियाशिल पत्रकारिता पुरस्कारबाट महतो र अली सम्मानित भएका हुन् । दुबै जनालाई कार्यक्रमकी उप्रमु अतिथी वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्कीले पुरस्कार राशी रु २५/२५ हजारकाे चेक र प्रमाणपत्रले सम्मानित गरेकी थिइन ।

फाउन्डेसन पर्साका अध्यक्ष महमद सहाबुदिनकाे अध्यक्षतामा भएकाे पुरस्कार वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चाैहान, प्रदेश नं. २ का महासचिव श्याम बन्जारा, नेपाली काँग्रेस पर्साका उपसभापति दिना प्रसाद गुप्ता, प्रकाश उपाध्याय,  प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, प्रेस सेन्टर पर्साका अध्यक्ष निरज पिठाकाेटे मगर लगायतकाे उपस्थिती रहेकाे थियाे ।  

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.447 sec. Memory consumption:81.48 mb