वीरगंज । संयुक्त विद्यार्थी संगठनले शनिबार साँझ वीरगंजमा मशाल जुलुश प्रदर्शन गरेका छन् ।
नेवि संघ, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू र समाजवादी विद्यार्थी संगठनकाे आयाेजनामा प्रधानमन्त्री केपी शर्मा ओलीकाे असंवैधानिक कदम विरुद्ध मशाल जुलुश प्रदर्शन गरिएकाे अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रिय सदस्य एवम् प्रदेश नं. २ का सह संयाेजक प्रभाकर गुप्ताले वताए ।
प्रधानमन्त्री ओलीद्वारा असंवैधानिक तरिकाले गरिएको संसद विघटन विरुद्ध विद्यार्थी संगठनहरुकाे केन्द्रिय आन्दाेलनकाे कार्यक्रम अन्तर्गत नै वीरगंज पनि मशाल जुलुश प्रदर्शन गरिएकाे उनले जानकारी दिए ।
बीरगन्जको घडिअर्वास्थित गीतामन्दिर रोडबाट सुरु भएको प्रदर्शन घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो । मशाल जुलुशकाे प्रदर्शनकाे क्रममा प्रहरीले हस्तक्षेप समेत गरेका थिए ।
नेवि संघका विकेश पटेल, समाजवादी विद्यार्थी युनियनका एजाबाबु राँकी, अनेरास्ववियु (क्रान्तिकारी) का कविराज पटेल, अनेरास्ववियुका रन्दिप श्रीवास्तवकाे नेतृत्वमा ओली सरकारको असंवैधानिक गतिविधी विरुद्ध प्रदर्शन गरिएकाे हाे ।
मशाल जुलुशमा सहभागिहरुले केपी ओली मुर्दाबाद, प्रतिगमन मुर्दाबाद, महंगी, भ्रष्टाचार र सरकारका जनविरोधी क्रियाकलाप मुर्दाबाद लगायतका चक्राे नारा समेत लगाएका थिए ।