वीरगंज । पर्सामा चट्याङ लागेर ३ जनाको मृत्यु भएकाे छ भने ४ जना घाइते भएका छन् ।
पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ४ देउरवाना निवासी ५५ बर्षिय रघुबिर यादव, पटेर्वा सुगाैली गाउँपालिका वडा नं. १ निवासी २७ बर्षिय रसुलअज गद्दी र जिराभवानी गाउँपालिका वडा नं ३ जितपुर निवासी ५० बर्षिय असरताेमी देवी थरुनीकाे चट्याङ लागेर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।
भैंसी चराउन घर बाहिर गएका देउरवाना निवासी यादवकाे र गदियानी निवासी गद्दीकाे चट्यांग लागेर मृत्यु भएकाे उनले जानकारी दिए । उनका अनुसार जितपुर निवासी थरुनीकाे खेतमा काम गर्न गएकाे बेला चट्याङ लागेकाे थियाे ।
थरुनी सहित अन्य महिलाहरुको समूहले रोपाई गरिरहेको अवस्थामा करिब ७ बजे चट्याङ खस्दा थरुनीको घटना स्थाल मै मृत्यु भएकाे हाे । साथै अन्य चार जना महिला पनि घाइते भई बेहोस भएका थिए ।
आज (मंगलबार) विहान पानीसँगै परेको चट्याङले १ जना सख्त घाइते र तीन जना सामान्य घाइते भएकाे प्रहरी नायब उपरिक्षक खनालले वताए ।
समान्य घाइते हुनेमा जिराभवानी गाउँपालिका निवासी ३ जना रहेका छन् भने सख्त घाइते हुनेमा सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ४ देउरवाना निवासी ४० बर्षिय राजबंशी महरा रहेका छन् ।
सख्त घाइते महरालाई उपचारकाे लागि वीरगंज ल्याउँदै गरेकाे प्रहरी नायब उपरिक्षक खनालले जानकारी दिए ।