24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

सानिमा लाईफ इन्स्याेरेन्सद्वारा १० लाख मृत्यु दाबी भुक्तानी

वीरगंज । सानिमा लाईफ इन्स्याेरेन्स कम्पनीकाे वीरगंज शाखाले १० लाख ३५ हजार मृत्यु दाबी भुक्तानी गरेकाे छ ।

वीरगंज महानगरपालिकाकाे वडा नं. १३ अशाेकबाटिका निवासी ५३ बर्षिय सुनिता श्रीवास्तवकाे मृत्यु दाबी उनकाे छाेरा राहुल श्रीवास्तवलाई इन्स्याेरेन्स कम्पनीले आइतबार प्रदान गरेकाे हाे ।

काेराेना संक्रमणले मृत्यु भएकाे सुनिताकाे मृत्यु दाबी रु १० लाख ३५ हजारकाे चेक हस्तान्तरण गरिएकाे इन्स्याेरेन्स कम्पनीकाे वीरगंज शाखाका बजार व्यवस्थापन अधिकृत रुस्तम मियाँले वताए ।

कम्पनीले विमितकाे मृत्यु पश्चात इच्छाएकाे व्यक्ति उनकाे छाेरा राहुल गुप्तालाई मृत्यु दाबीकाे साे रकम बराबरकाे चेक हस्तान्तरण गरिएकाे मियाँले जानकारी दिए ।

इन्स्याेरेन्स कम्पनीकाे वीरगंज शाखा प्रमुख नविन रसुल अन्सारीले उनकाे घर मै पुगी साे रकम बराबरकाे चेक हस्तारण गरेका थिए ।

सुनिताले सानिमा इन्स्याेरेन्स कम्पनीकाे वीरगंज शाखामा बरिष्ठ एजेन्सी म्यानेजर धनजित गिरी मार्फत २०७७ कार्तिक १ गते १० लाखकाे जिवन बिमा गराएकी थिइन । उनले बिमा गरेकाे प्रथम किस्ता वापतकाे रु ६७ हजार ३ सय ७९ मात्र भुक्तानी गरेकी थिइन ।

काेराेना संक्रमणले २०७८ बैशाख २३ गते उनकाे मृत्यु भए पश्चात विमाङ रकम १० लाख र बाेनस ३५ हजार थप गरी कुल १० लाख ३५ हजारकाे चेक उनकाे घर मै पुगी हस्तान्तरण गरिएकाे इन्स्याेरेन्स कम्पनीकी ग्राहक सेवा कर्मचारी सुस्मिता कुमारी जयसवालले वताइन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.424 sec. Memory consumption:81.44 mb