वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ सोनवर्षा बैरीयामा पर्ने प्रसिद्ध भाठा बाबा दुधेश्वरनाथ महादेव मन्दिर प्रवेशद्वारको शनिबार शिलान्यास गरिएकाे छ ।
प्रदेश नम्बर २ सरकारको उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयबाट निर्माण हुने प्रवेशद्वारको विगठित प्रतिनिधि सभाकाे निलम्बित सांसद हरिनारायण रौनियार र प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य प्रह्लाद गिरीले सयुँक्त रुपमा शिलान्यास गरेका हुन् ।
३२ लाखको लागतमा निर्माण हुने प्रवेशद्वारको शिलान्यास गर्दै सांसद रौनियारले कोरोना भाइरसको महामारीले प्रभावित भएका विकास निर्माणका कामहरुले अब तिव्रता लिने बताए ।
धार्मिक पर्यटकिय क्षेत्रको रुपमा परिचित दुधेश्वरनाथ मन्दिरको प्रवेशद्वारले अँझै सुन्दरता बढाउने र पर्यटक भित्र्याउन सघाउ पुग्ने विश्वास रौनियारले व्यक्त गरे ।
शिलान्यास कार्यक्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्रीका स्वकिय सचिब दिपक यादव लगायतका स्थानिय जनप्रतिनिधिको उपस्थिती रहेको थियो ।