वीरगंज। पर्साको पर्सागढी नगर पालिकाले आर्थिक वर्ष ०७८÷०७९ का लागि ५९ करोड ३३ लाख ३२ हजार ४ सय ९३ रुपैयाँको बजेट ल्याएको छ ।
गौरवशाली पर्सागढीको समृद्धि हाम्रो रहर, व्यवसायिक कृषि, मानविय विकास, हरित सुन्दर शहर मुल नाराका साथ नगरबासीको आधारभूत आवश्यकता पुरा गर्दै विशिष्ट पहिचान सहितको सुन्दर र समृद्ध नगरपालिका बनाउने मुख्य सोच नगरपालिकाले लिएको छ । संघ र प्रदेश सरकारबाट वित्तिय समानीकरण अनुदान क्रमशः १२ करोड ९२ लाख, ८८ लाख ५९ हजार, संघ र प्रदेश सरकारबाट राजश्व बाँडफाँड क्रमशः ८ करोड ८६ लाख ३४ हजार र ५२ लाख ६१ हजार ५ सय ९१ रुपैयाँ ८० पैसा, संघ सरकारको शसर्त अनुदान १६ करोड ८५ लाख, प्रदेश सररको विशेष अनुदान र समपुरक अनुदान ५० लाख, आन्तरिक आम्दानी १ करोड ५० लाख, माज्दात १० करोड, सामाजिक सुरक्षा कार्यक्रमको ७ करोड २५ लाख र स्थानीय तह क्षमता विकास कार्यक्रमको ३ लाख ७७ हजार ९ सय २ रुपैयाँ आम्दानी हुने अनुमान बजेटमा छ ।
खर्च तर्फ प्रशासनिक खर्च १० करोड ३५ लाख, वडागत योजनामा ५ करोड ९० लाख, नगर स्तरीय योजनाहरु पूर्वाधार विकास तर्फ ४ करोड ५० लाख, आर्थिक विकासमा १ करोड ९३ लाख ५० हजार, संस्थागत विकास र सुशासनमा ५४ लाख ९० हजार, वातावरण तथा विपद व्यवस्थापनमा १ करोड ४६ लाख गरी ८ करोड ४४ लाख ४५ हजार ५ सय ९१ रुपैयाँ, संघिय सरकारका योजनाहरुमा १६ करोड ८५ लाख, भुक्तानी दिन बाँकी योजनाहरुका लागि १० करोड, विशेष र समपुरक अनुदानहरुमा ५० लाख, सामाजिक सुरक्षा कार्यक्रममा ७ करोड २५ लाख, स्थानीय तह क्षमता विकास कार्यक्रममा ३ लाख ७७ हजार ९ सय २ रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।
यस बर्षका आर्कषक मुख्य निति तथा कार्यक्रमहरुः
१) ८४ वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई अग्रज सम्मान कार्यक्रम अन्तर्गत बार्षिक रु ५०००।– निर्बाह भत्ता
२) किसानको गोठ गोठमा नगरपालिका बिशेस कार्यक्रम
३) प्रत्येक वडामा एउटा नमुना कृषि फार्मको विकास गर्ने,
४) विदेशबाट ज्ञान, सीप सहित स्वदेश फर्किएका युवालाई लक्षित कार्यक्रम
५) आईडिया तपाँईको लागत साझेदारी र प्रोत्साहन हाम्रो कार्यक्रम
६) पशुपंक्षी पालन गर्दै आएका कृषक तथा कृषक समूहलाई नश्ल सुधार तथा आहार
७) व्यवस्थापन र पशुधन सुरक्षाका लागि गाई भैंसी बाख्रालाई खोप औषधी उपलब्ध गराउने,
८) उत्कृष्ट कृषक सम्मान कार्यक्रम सञ्चालन गर्ने
९) स्थानीय उत्पादन स्थानीय हाट बजारबाटै खरिद गरी उपयोग गर्न प्रोत्साहन गर्ने,
१०) प्रांगारिक कृषि खेतीमा जोड दिने
१०) घरेलु तथा साना उद्योग, ईट्टा उद्योगको विकास र प्रवद्र्धनमा जोड दिने,
११) सहकारी मार्फत , दुध तथा दुग्धजन्य र मासुजन्य पदार्थ उत्पादन,
१२) स्वास्थ्यचौकीमा सुत्केरी गराए वापत १ हजार रुपैयाँ सुत्केरी स्याहार भत्ता दिने,
१३) सबै सामुदायिक बिधालय बाट अंग्रेजी माध्यमबाट सुरु भएको पठनपाठनलाई माथिल्लो कक्षासम्म वृद्धि गर्दै लैजाने,
१४) गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति कोष स्थापना
१५) गरिब तथा जेहेन्दार विद्यार्थीको प्राविधिक क्षेत्रको उच्च शिक्षा अध्ययनको लागि सहयोग
१६) पहिलो अक्षर ‘क’ लेखौं, आफ्नै पालिकाको पेन्सिलले
१७) बालबालिका सुरक्षा योजना (बालबालिकाको जिम्मा अब पालिकाको)
१८) लोपोन्मुख जातिहरु पासवान, डोम, माझी, कुमाल, मुसहर, धागड विपन्नको आँगनमा नगर प्रमुख कार्यक्रमलाई प्रभावकारीता सहित निरन्तरता दिने,
१९) चक्रपथ निर्माण गर्ने
२०) आमा बुवा दुवै वेपत्ता भएका वा मृत्यु भएका बालबालिकालाई १२ कक्षासम्म अध्ययनका लागि मासिक १ हजार ५ सय अध्ययन छात्रवृद्धि उपलब्ध गराउने
२१) सहिद स्मृति बाल उथान निर्माण
२२) तत्काल नगर प्रहरी राख्ने व्यवस्था मिलाईने
२३) बुहारी शिक्षा, सीप र स्वरोजगार कार्यक्रम
२४) परम्परागत सीप र ज्ञानलाई उद्यमशीलता रुपान्तरण गरिने लगायत अन्य विशेष अभियान सञ्चालन गर्ने नीति नगरपालिकाले लिएको छ ।
नगर सभाले पारित बिभिन्न बिधेयक तथा मुख्य निर्णयहरु
पर्सागढी नगरपालिकानगर सभा सञ्चालन कार्यविधि, २०७८
आर्थिक वर्ष २०७८÷०७९ को अर्थ सम्बन्धी विधेयक २०७८
आर्थिक वर्ष २०७८÷०७९ को विनियोजन विधेयक २०७८
पर्सागढी नगरपालिका केही ऐन कानून, नियमावली, कार्यविधिवनाउने विधेयक २०७८
पर्सागढी नगरपालिका प्रशासनिक कार्यविधि नियमित तथा व्यवस्थित गर्ने विधेयक २०७८
पर्सागढी नगरपालिका आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्ने विधेयक २०७८
पर्सागढी नगरपालिका कर तथा गैर कर राजस्व लगाउने र उठाउने विधेयक २०७८
पर्सागढी नगरपालिका कृषि व्यवशाय प्रवद्र्धन विधेयक, २०७८
पर्सागढी नगरपालिका विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक, २०७८
पर्सागढी नगरपालिका शिक्षा विधेयक, २०७८
पर्सागढी नगरपालिका स्वस्थ्य सेवा विधेयक, २०७८
पर्सागढी नगरपालिका एफ. एम. रेडियो सञ्चालन व्यवस्थापन विधेयक, २०७८
पर्सागढी नगरपालिका स्थानीय सेवा व्यवस्थापन विधेयक, २०७८
पर्सागढी नगरपालिका न्यायिक समिति कारवाही किनारा विधेयक, २०७८
पर्सागढी नगरपालिका जनप्रतिनिधि÷कर्मचारी आचार सहिता, २०७८
आर्थिक वर्ष २०७८÷०७९ को लागि गाउपालिकाको निर्माण तथा खरिद दररेटहरुको विवरण २०७८
नगर सभामा अनुमोदनका लागि आ.व.२०७७÷०७८ मा भए गरेका निर्णय तथा कार्यहरु सभामा पेश ।
क. कार्यपालिकाले गरेका हाल सम्मका निर्णयहरु ।
ख. सञ्चालित योजना कार्यान्वयन अनुमोदन ।
ग. आम्दानि तथा खर्च अनुमोदन ।
घ. निर्णय एवं निर्देशन वमोजिम पदाधिकारी तथा कर्मचारीहरु वाट भए गरेका कार्यहरुको अनुमोदन ।
अन्य विभिन्न प्रस्ताव सभामा पेश ।