24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

मासिक शुल्क भन्दा बढी भर्ना शुल्क नलिन उच्च अदालतकाे आदेश

वीरगंज । उच्च अदालत अस्थाई ईजलास बीरगंजले पहिलादेखि बिद्यालय भर्ना भईसकेका बिद्यार्थीसंग सोही बिद्यालयको अर्को कक्षामा प्रवेश गरे वापतको भर्ना शुल्क नलिन र पहिलो पटक भर्ना हुँदा एकपटकको लागी भर्ना हुने कक्षाको मासिक पढाई शुल्क भन्दा बढी भर्ना शुल्क नलिन र लिन नलगाउन भनि शिक्षा बिकाश तथा समन्वय ईकाई पर्सा र जिल्लाको सम्पुर्ण संस्थागत तथा सामुदायिक बिद्यालयहरुको नाँउमा अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।
 
निवेदक अधिवक्ता प्रमोद प्रसादले पर्सा जिल्लाका संस्थागत तथा सामुदायिक बिद्यालय तथा शिक्षा बिकाश तथा समन्वय ईकाई पर्सा लगायत बिभिन्न ७१ जनालाई बिपक्षी बनाई दायर गर्नु भएको उत्प्रेषण परमादेश मुद्दामा उच्च अदालत अस्थाई ईजलास बीरगंजका माननिय न्यायाधिश गणेश प्रसाद बरालको एकल ईजलासले साेमबार साे आदेश जारी गरेको हो ।
 
साथै ईजलासले अन्तरिम छलफलका लागी यही आषाढ ७ गते उपस्थित हुन समेत बिपक्षीहरुको नाँउमा आदेश जारी गरेको छ ।
 
मुद्दामा निवेदक तर्फबाट निवेदक लगायत अधिवक्ताहरु रामचन्द्र सिंह, रामनारायण प्रसाद कुर्मी, रामाशिष प्रसाद यादव, प्रेम कुमार साह, ओमप्रकाश गुप्ता, केशवलाल केशरी, अजय कुमार श्रीवास्तव र रामबली प्रसाद चौहान लगायतले बहस गरेका थिए ।
 
यसैबिच अभिभावक संघ पर्साका अध्यक्ष अमर गौतमले सम्मानित उच्च अदालत अस्थाई बीरगंजको आदेशले बिद्यार्थी तथा अभिभावकहरुलाई राहत पुगेको प्रतिक्रिया दिए ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:208. Generation time:3.635 sec. Memory consumption:81.23 mb