30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

एमाले पर्सा (नेपाल-खनाल) पक्षकाे बैठक सम्पन्न

वीरगंज । नेकपा एमाले पर्साका माधव नेपाल र झलनाथ खनाल पक्षकाे जन संगठनका प्रमुख तथा पदाधीकारीहरुको बैठक शनिबार वीरगंजमा सम्पन्न भएको छ।

बैठकमा वाेल्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवम् पर्सा इन्चार्ज रामचन्द्र साहले आगामी दिनको रणनीति तय गरेर अगाडि बढ़नका लागी तयारी अवस्थामा रहन जनसंगठन प्रमुखहरुलाई निर्देशन दिए ।

बैठकमा सहभागि सबैले पार्टी एकता हालको स्थितिमा दोहरो चरित्र भएका केही नेताको कारण माधव नेपाल -झलनाथ खनालको पक्षका नेता तथा कार्यकर्ता अल्मल परेको धारणा राखेका थिए ।

कार्यक्रममा उठेका जिज्ञासा सम्बन्धमा वाेल्दै जिल्ला अध्यक्ष बालगोपाल थापा, नेता अरबिंद सिंह लगायतले अहिलेको लड़ाई पार्टी भित्रको मात्र नभएर राष्टियता, लोकतान्त्र र संबिधान रक्षाको लागि भएको प्रष्ट पारेका थिए ।

बैठकमा सहभागि अधिकांशले अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न लागेको बताएकाे युवा संघका केन्द्रीय सचिवालय सदस्य अनिल पटेलले जानकारी दिए ।

निजामती कर्मचारी संगठन पर्साकाे भवनमा बसेकाे बैठकमा नेता मनोज चौधरी, बृजलाल पासवान, संतोष सिंह, युवा संघ नेपालका पर्सा इन्चार्ज अनिल पटेल, सह इन्चार्ज लालबाबू यादव, केन्द्रिय सदस्य सन्जु चौधरी, रमेश थारू, राजकुमार सर्राफ, जिल्ला अध्यक्ष भुपेन्द्र साह, नगर अध्यक्ष उमेश ठाकुर, बिधार्थी नेता आसिस पटेल, रन्जित श्रीवास्तव, सुनिल पासवान लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:216. Generation time:4.406 sec. Memory consumption:81.46 mb