7 April 2025
KALIKATIMES.COM

डिवाईसिद्वारा क्याटलाई खाद्य सामग्री सहयाेग

वीरगंज । दिव्य युवा क्लब (डिवाईसि) पर्साले कोभिड एक्शन टिम (क्याट) पर्सालाई खाद्य सामग्री सहयाेग गरेकाे छ ।

एक्शनएड नेपालको साझेदारी संचालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत क्याटलाई चामल ७ बोरा, दाल १ बोरा, खाने तेल १० लिटर, आलु ५० किलो र पियाज ५० किलो सहयाेग गरिएकाे डिवाईसिका कार्यकारी निर्देशक रामाकान्त पटेलले जानकारी दिए ।

निषेधाज्ञामा प्रभावित वीरगंजका गरीव, अति गरीव तथा दैनिक ज्यालादारीमा काम गर्ने ब्यक्तिहरूकाे लागि क्याटले गर्दै आएकाे खाना ब्यवस्थापनमा खाद्य सामग्री सहयाेग गरिएकाे उनले वताए ।

क्याटका संयाेजक समेत रहेका जिल्ला समन्वय समिति पर्साका प्रमुख नेक महम्द अंसारीलाई डिवाईसि पर्साका अध्यक्ष देवनाथ ठाकुरले जिल्ला समन्वय समिति मै पुगी साे सामग्री हस्तान्तरण गरेका थिए ।

साे अवसरमा क्याटका सदस्य एवम् नेपाली कांग्रेस पर्साका सचिव शयाम पटेल, क्याटका सदस्य एवम् जसपा पर्साका सचिव तबरेज अहमद, क्याटका सदस्य एवम् नेकपाका प्रतिनिधि संजिव मिश्रा, डिवाईसिका वित तथा प्रशासन संयोजक शयामकिशोर प्रसाद चौहान, स्पौंसर संयोजक सुनिल कुमार भारती तथा फिल्ड अधिकृत मुनिलाल महतो लगायतकाे सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:4.394 sec. Memory consumption:82.47 mb