वीरगंज । रेल्वे कटेज वीरगंजले आज निषेधाज्ञामा प्रभावितहरुलाई दाेस्राे दिन पनि नि:शुल्क खाना वितरण गरेकाे छ ।
कटेजले निषेधाज्ञामा संचालन गरेकाे नि:शुल्क खाना वितरण अभियान अन्तर्गत शुक्रबार दाेस्राे दिन १५० जनालाई खाना वितरण गरिएकाे अभियानका संरक्षक ओमप्रकाश सर्राफले वताए ।
शुक्रबार बिहानैदेखि लगातार पानी परे पनि अभियान अन्तर्गत वीरगंजकाे विभिन्न क्षेत्रमा भेटिएका गरिब र विपन्नलाई खाना वितरण गरिएकाे उनले जानकारी दिए ।
वीरगंजमा जारी निषेधाज्ञाले प्रभावित गरिब, निमुखा, अलपत्र परेका यात्रु, सडक मानव तथा अस्पतालमा बिरामीका कुरुवाहरुलाई कटेजले बिहिबारदेखी नि:शुल्क भोजन गर्दै आएकाे छ । बिहिबार कटेजले दुई सय जनालाई खाना वितरण गरेकाे थियाे ।
रवि गुप्ताकाे नेतित्वमा जारी अभियानका स्वयंसेवकहरु सन्जय पटेल, राहुल राैनियार, पवन सरार्फ, सिवम पटेल, किशु सर्राफ, संदिप नेपाल लगायतकाले खाना वितरण गर्दै आएका छन् ।