वीरगंज । पर्सामा थप ७६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालकाे प्रयाेगशालामा १ सय ४० जनाको थ्रोट स्वाबको नमुनालाई आरटी-पीसीआर प्रविधिबाट परिक्षण गर्दा ३६ महिलासहित ९१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । जसमध्ये पर्साका ७६ जना, बाराका ९ जना, सर्लाहीका ३ जना, रौतहट, सप्तरी र मकवानपुर एक/एक जना रहेकाे नारायणी अस्पतालले जनाएकाे छ ।
पर्सा जिल्लामा सङ्क्रमित भएका मध्ये अधिकांश सदरमुकाम वीरगंज महानगरपालिकाकाे विभिन्न वडाका बासिन्दा रहेका छन् ।
वीरगंजका कुल ६८ जनामा कोरोना सङ्क्रमण देखिएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए । अन्य सङ्क्रमितहरु पर्साको बहुदरमाई नगरपालिका, सखुवाप्रसाैनी गाउँपालिका, जगरनाथपुर् गाउँपालिका र विन्दवासिनी गाउँपालिकाका रहेको डा. दासले बताए ।
वीरगञ्जकामा थपिएका सङ्क्रमितहरु वडा नम्बर २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १५, १६, २२, २४, र ३० का बासिन्दा हुन् ।
थपिएका ९१ जना सङ्क्रमितहरुमा ६ वर्षीय बालकदेखि ७९ वर्षीय वृद्धपनि रहेका छन् । उनीहरुको सिटि भ्यालु १४.२ देखि ३५.५ रहेको डा. दासले बताए ।