22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

विश्वविद्यालय स्थापनामा सकारात्मक सहयोग रहन्छ : मेयर सरावगी

वीरगंज । प्रदेश नम्बर २ सरकारले वीरगन्जमा स्थापना गर्न लागेको बिज्ञान तथा प्रविधि बिश्व विद्यालयलाई महानगरले सकारात्मक सहयोग गर्न तत्पर रहेको वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले बताएका छन् ।

सोमबार ठाकुर राम बहुमुखी क्याम्पसमा प्रदेश २ सरकारको सामाजिक बिकास मन्त्रालयले आयोजना गरेको विश्व विद्यालय स्थापना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी मेयर सरावगीले महानगर मात्रै होईन विश्व विद्यालय स्थापनामा पर्सा जिल्लाले नै सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

सामाजिक बिकाश मन्त्री माननीय नवलकिशोर साहको अध्यक्षता र प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा मेयर सरावगीले महानगर हुनका लागि आवश्यक मापदण्ड मध्य विश्व विद्यालय पनि एक रहेकोले यसको तत्काल स्थापनका लागि सबैले सहयोग गर्नुपर्ने बताए ।

वीरगंज पथलैया औद्योगिक करिडोर भएकोले पनि यहाँ विज्ञान प्रविधि विश्वविद्यालयको भविष्य र संभावना उच्च रहेको उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.488 sec. Memory consumption:81.44 mb