वीरगंज । पर्सा प्रहरीले वीरगंजबाट चाेरीकाे माेटरसाइकल सहित एक जनालाई पक्राउ गरेकाे छ ।
प्रहरी चौकी बसपार्कबाट खटीएको प्रहरी टोलीले आइतबार विहान ०२:०० बजेको समयमा वीरगंज महानगरपालिकाकाे वडा नं.१६ स्थित चालीस फिटे सडक खण्डबाट बाराकाे फेटा गाउँपालिका वडा नं.६ हाल वीरगंज महानगरपालिकाकाे वडा नं.१३ मा डेरा लिई बस्दै आएको बर्ष २० को रेयाज मियाँ ठकुराईलाई नियन्त्रणमा लिएकाे हाे ।
शनिबार राती ९ बजेको समयमा बीरगंज महानगरपालिकाकाे वडा नं.१६ स्थितघरको कम्पाउण्ड भित्र पार्किङ गरी राखिएको अवस्थाबाट साेही ठाउँ बस्ने बर्ष २८ को बिशाल साहको नाममा दर्ता रहेको चेसिसनं. ZBNL29007LBB44419 र ईन्जिन नं. BJ157FMJA92021310 भएको प्रदेश नं.२-०३-००७ नम्बरको सेतोमा रातो रंगको टिएनटी १५० सिसिको मोटरसाइकल चोरी भएको थियाे ।
साे माेटरसाइकल खोजतलास तथा अनुसन्धानको क्रममा पक्राउ परेका ठकुराईले उक्त घरको कम्पाउण्ड भित्र प्रवेश गरी माेटरसाइकलकाे लक फुटाई लिई जादै गरेको अवस्थामा पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
ठकुराईमाथी चोरी सम्बन्धी कसूर मुद्दामा पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।