24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

कार्यालयहरुमा स्वास्थ्य सुरक्षा अपनाउन उच्च अदालतकाे आदेश

वीरगंज । उच्च अदालत जनकपुर अस्थाई ईजलास बीरगंजले कोभिड महामारीको अवस्थालाई ध्यानमा राखि कार्यालयहरुमा मास्क बिना प्रवेश निषेध गर्न, अनावश्यक भिडभाड कम गर्नका लागी गेटपास लगायतको ब्यवस्था गर्न, कार्यालयहरुको कर्मचारी तथा सेवाग्राहीहरुको लगी उचित साबुन पानी तथा भौतिक दुरी कायम गर्नको लागी उचित प्रबन्ध मिलाउन उच्च अदालतको अस्थाई बीरगंजका रजिष्ट्रार तथा पर्सा बारा र रौतहट जिल्ला अदालतको श्रेस्तेदारको नाँउमा अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

यसैगरि जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला संकट ब्यवस्थापन केन्द्र तथा सम्बन्धित पालिकाहरुले आफ्ना मातहतमा रहेका सार्वजनिक स्थलमा साबुन पानीको ब्यवस्था गर्न र पी.सी.आर. टेस्टको उचित ब्यवस्था गर्न समेत आदेश जारी गरेको छ ।

उच्च अदालत जनकपुरको अस्थाई ईजलास बीरगंजका न्यायाधिश अन्जु उप्रेती ढकालको एकल ईजलासले सो अल्पकालिन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेशको छलफलका लागी यही बैशाख १३ गते दुबैपक्षलाई छलफलका लागी बोलाएको छ ।

अधिवक्ता प्रमोद प्रसादले जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, उच्च अदालत बीरगंज ईजलासका रजिष्ट्रार, पर्सा बारा रौतहट जिल्ला अदालतका श्रेस्तेदार मालपोत कार्यलय पर्सा लगायत १२ जनालाई बिपक्षी बनाई दायर गर्नु भएको रिट निवेदनमा आइतबार सुनुवाई गर्दै अदालतले सो अन्तरिम आदेश जारी गरेको हो । 

पेशीमा निवेदक लगायत बरिष्ठ अधिवक्ताद्वय ईन्द्रदेव प्रसाद चौधरी, मनमोहन तिमिलसिना, अधिवक्ताहरु शिव कोईराला, सुधिर कुमार कर्ण, रामनारायण प्रसाद कुर्मी, शैलेन्द्र चौरसिया, बिशाल चौधरी तथा हरिहर साह लगायतले बहस गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:3.528 sec. Memory consumption:81.45 mb