7 April 2025
KALIKATIMES.COM

परवानीपुरको सातौं गाउँ सभा सम्पन्न

परवानीपुर । बाराको परवानीपुर गाउँपालिकाको बुधबार सातौं गाउँ सभा परवानीपुरस्थित कृषि अनुसन्धान केन्द्रमा सम्पन्न भएको छ ।

सभालाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष हरि नारायण शाहले २० वर्षमा नभएको काम आफूहरुले ३ वर्षमा गरेर देखाएको दाबी गरे । उनले गाउँपालिकाको विकास हेर्न हरेक वडामा जान आम नागरिकलाई आग्रह गरे । कोरोनाको कारणले गर्दा गाउँपालिकाको विकास निर्माणमा केही कमी भएपनि छुटेका योजनाहरुलाई यस सभाबाट परिपूर्ति गर्ने बताए ।

प्रमुख प्रशासकीय अधिकृत सुनिल कुमार चौरसियाले सबै गाउँपालिकाका प्रतिनिधिहरुसँग मिलेर काम गर्ने प्रतबद्धता व्यक्त गरे । उनले अहिलेको समयलाई बढी भन्दा बढी काम गरेर देखाउने पर्नेमा जोड दिए । साथै उनले कानुनको दायरामा रहेर योजना बनाउन सबै जनप्रतिनिधिसँग आग्रह समेत गरे ।

वडा नं ४ का वडाध्यक्ष गजेन्द्र पटेलले गाउँपालिकाको विकासको लागि सबै मिलेर काम गर्न आवश्यक रहेको बताए । उनले विगतमा भएको कमी कमजोरीहरुलाई बिर्सेर नयाँ ढंगले अगाडि बढ्नेमा जोड दिए ।

सभामा गाउँपालिका उपाध्यक्ष सावित्री देवी, पाँच वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, गाउँपालिका सदस्य, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको उपास्थि रहेको थियो भने कार्यक्रम सञ्चालन रवीन्द्र कुमार मिश्रले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

भ्रष्टाचार विरुद्ध र सुशासनकाे लागि वीरगंजमा युवा संघकाे विराेध र्‍याली

कालिका टाईम्स

अभिभावक संघकाे कार्यक्रममा ४ महिला सहित ७७ जानाद्वारा रक्तदान

कालिका टाईम्स

कालिकामाईकाे भेडिहारीमा गाउँपालिका अध्यक्ष गुप्ताद्वारा विद्यालय भवनको शिलान्यास

कालिका टाईम्स
SQL requests:215. Generation time:7.312 sec. Memory consumption:82.48 mb