22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

स्थानीय तहका लागि क्षमता विकास कार्यक्रम सम्पन्न

वीरगंज । शिक्षा विकास तथा समन्वय इकाइ पर्साको आयोजनामा स्थानीय तहका शिक्षाका सरोकारवालाहरुका लागि ५ दिने क्षमता विकास कार्यक्रम शुक्रबार वीरगंजमा सम्पन्न भएको छ ।

पर्सा जिल्लाका १४ वटै स्थानीय तहका शिक्षा शाखा प्रमुख, योजना शाखा प्रमुख र सामाजिक विकास संयोजकको सहभागीता रहेको कार्यक्रममा १० वर्षे नयाँ शिक्षा योजना निर्माण, स्थानीय शिक्षा पाश्र्व चित्र निर्माण, एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली, शिक्षक पेशागत विकास सहयोग, राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको न्यूनतम प्याकेज कार्यान्वयन लगायतका विषयहरुमा सहजीकरण गरिएको थियो ।  

हाेटल डियालाेमा भएकाे कार्यक्रमको सहजीकरण प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका भरत सहनी, योगेन्द्र चापागाई, रामनारायण साह रौनियार र महेश जोशीले गरेका थिए ।

कार्यक्रबाट स्थानीयतहलाई शिक्षा योजना निर्माण, स्थानीय पाश्र्व चित्र निर्माण र शिक्षाका कार्यक्रमहरु सञ्चालन गर्नमा सहयोग पुग्ने कार्यक्रमका सहभागी धर्मराज बहादुर थापा, शम्भू प्रसाद साह र अरविन्दलाल कर्ण लगायतका सहभागीले बताए ।

कार्यक्रमबाट शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख फत्तबहादुर श्रेष्ठ, विन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ता, वीरगंज महानगरपालिका शैक्षिक महाशाखाका प्रमुख अरविन्दलाल कर्ण र प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका क्षेत्रीय प्राविधिक संयोजक भरत सहनीले स्थानीय तहको शिक्षा योजना र पाश्र्व चित्र निर्माणमा सहयोग पुग्ने समापन समारोहमा धारणा राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:6.879 sec. Memory consumption:81.47 mb