30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

पर्सागढीमा महिलामाथी छुरा प्रहार, दुई जना पक्राउ

बीरगन्ज । पर्साको पर्सागढी नगरपालिकामा एक जना महिला धारिलाे हतियार प्रहारले घाइते भएकी छन् । धारिलाे हतियार प्रहारले पर्सागढी नगरपालिका वडा नम्बर ३ पकडिया बडनिहार, मुसहर टोलकी  ४० वर्षीय लक्ष्मिनिया देवी चौधरी घाइते भएकी हुन् ।

आइतबार बिहान ३ बजेको समयमा २-३ जनाको समूहले चौधरीमाथि छुरा प्रहार गरेको वताइएकाे छ । आक्रमणपछि चौधरीले सहयोगका लागि कराएर गुहार लगाएपछि आक्रमणकारीहरु फरार भएका थिए ।

चौधरीको छाती, टाउको र पाखुरालगायत शरीरका विभिन्न भागमा धारिलाे हतियार प्रहारले घाउ भएकाे देखिएकाे छ । उनको अहिले बीरगन्जकाे पानि ट्याङ्कीस्थित एलएस न्यूराे हँस्पिटलमा उपचार भइरहेकाे पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले जानकारी दिए । 

घटना सम्बन्धमा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाे डिएसपी खनालले वताए । 

उनले भने “हामी दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छाैं, घाइतेकाे उपचार भइरहेकाेले व्यान लिन सकेका छैनाैं । त्यही भएर अहिले केही भन्न सकिदैन् ।” 

घाइते महिला आफ्नो घरमा एक्लै बस्दै आएकी छिन् ।  

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:216. Generation time:3.941 sec. Memory consumption:81.49 mb