22.1 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

३ करोड ५६ लाखकाे चेक र ७ लाख नगदसहित एक हुण्डी काराेबारी पक्राउ

वीरगंज । पर्सा प्रहरीले हुण्डी काराेवारी एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्ने बाराकाे कलैया उपमहानगरपालिका वडा नं. २३ का ३८  बर्षिय जयराम राउत कुर्मी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मंगलबार वीरगंज महानगरपालिकाकाे वडा नं. ६ स्थित जय माँ अम्बे ट्रेडर्सबाट अवैध वित्तीय कारोबार (हुण्डी) मा संलग्न ट्रेडर्समा काम गर्ने कर्मचारी कुर्मीलाई पक्राउ गरेकाे हाे ।

प्रहरीका अनुसार पक्राउ परेका कुर्मीकाे साथबाट सुरुमा स्रोत खुल्न नसकेको नेपाली रु ७ लाख ७५ हजार ४ सय ७०, भारतीय रूपैँया ७ हजार ४ सय, बब्लू राज र रामप्रसाद पटेलको नाममा जारी भएका क्रमश: दुई लाख र पाँच लाख साठी हजार बराबरका चेकहरु बरामद भएकाे थियाे । 

पछि कुर्मीको वयानबाट खुल्न आए बमोजिम उनले काम गर्ने ट्रेडर्समा खानतलासी गर्दा विभिन्न बैंकका विभिन्न व्यक्ति तथा संस्थाका नाममा जारी भएका ३ करोड ५६ लाख ३१ हजार एक सय ४ बराबरका चेकहरू ९० थान बराबद भएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।

यसका साथै ट्रेडर्सबाट विभिन्न बैङ्कका खाली चेकबुक २१ थान र हस्ताक्षर भएका विभिन्न बैङ्कका खाली ४१ थान चेकबुक समेत फेला परेको उनले जानकारी दिए ।

पक्राउ परेका कुर्मीलाई बुधबार पर्सा जिल्ला अदालतबाट बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बिरूद्धको कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.501 sec. Memory consumption:81.46 mb