26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

शिवरात्रीकाे अवसरमा पाेखरियामा सरसफाई

वीरगंज । पर्साकाे पाेखरियामा बुधबार बृहत सरसफाई कार्यक्रम सम्पन्न भएकाे छ । महाशिवरात्रीकाे अवसरमा सरसफाई कार्यक्रम सम्पन्न भएकाे हाे ।

पोखरिया युवा क्लबकाे आयाेजनामा भएकाे कार्यक्रम अन्तर्गत पोखरिया नगरपालिका वडा नं ४ पाेखरिया बजारस्थित शिव मन्दिर र विभिन्न चाैकहरु सरसफाई गरिएकाे क्लबका सह सचिव निरन्जन क्षेत्रीले जानकारी दिए ।

क्लबका अध्यक्ष अफरोज आलमको सभापतित्वमा भएकाे कार्यक्रममा पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियार, उपमेयर सलमा खातुन, संबिधान सभा सदस्य प्रधुमन चौहान, रामेश्वर रौनियार, जसपाका नेता नेजामुदिन सम्मानी, वाडध्यक्ष लक्षमण साह, रामबाबु चौहान, ईलाका प्रहरी कार्यलय पोखरियाका प्रहरी निरीक्षक दिपक थापा, सशस्त्र बेस क्याम्प पाेखरियाका प्रहरी निरीक्षक प्रमोद राय, नेवि संघ पाेखरियाका सभापति संतोष महतो, नेता धर्मराज यादव, नौसाद आलम लागतयकाे सहभागिता रहेकाे थियाे ।

पाेखरिया नगरपालिका, नेपाल रेडक्रस साेसाइटी उप शाखा पाेखरिया, मानव कल्याण युवा क्लब पाेखरिया, इलका प्रहरी कार्यालय पाेखरिया र सशस्त्र प्रहरी बेस क्याम्प पाेखरियाकाे सहयाेगमा सरसफाई कार्यक्रम भएकाे मेयर राैनियारका स्वकिय सचिव राजु राैनियारले वताए ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.815 sec. Memory consumption:81.5 mb