वीरगञ्ज । सर्वोच्च अदालतकाे निर्णयले नेकपा एमाले ब्युँतिएकाे भन्दै वीरगंजमा खुशियाली मनाइएकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेता तथा कार्यकर्ताहरुले आइतबार सांझ वीरगंजकाे घण्टाघरमा मैनबती बालेर खुशियाली मनाएका हुन् ।
साे अवसरमा वाेल्दै संविधान सभा सदस्य एवम् नेकपाका नेता राजकुमार गुप्ताले सर्वाेच्च अदालतकाे निर्णय सुखद र स्वागत याेग्य भएकाे वताए । उनले सर्वाेच्चकाे निर्णयले नेकपा एमाले ब्युँतिएकाे बताउदै खुशि समेत व्यक्त गरे ।
नेता गुप्ताले देशमा दुई किशिमकाे कम्युनिष्ट भएकाे वताउदै एउटा सक्ली र एउटा नक्कली कम्युनिष्ट भएकाे वताए । बहुमतको सरकारलाई हटाउने खोज्नेहरुको हबिगत अव के हुने हो यसै भन्न सकिने अवस्था नरहेको जिकिर समेत उनले गरे ।
कार्यक्रममा सहभागिहरुले नेकपा एमाले जिन्दाबाद, केपी ओली रेलमा भ्रष्टाचारीहरु जेलमा, सूर्य चिन्ह हाम्राे हाे, आज हाेइन् भाेलीलाई १० बर्ष ओलीलाई लगायकाे नाराबाजी समेत गरेका थिए ।
कार्यक्रममा नेकपा नेतृ निर्मला देबकोटा, संबिधान सभा सदस्य प्रद्युम्न चौहान, नेताहरु बिना शर्मा, तेजप्रकाश निषाद, अकलेस साह, हनिफ अन्सारी, श्याम बन्जारा, अनुप तिवारी, सञ्जिब मिश्र लगायतको सहभागिता रहेको थियो ।
सर्वाेच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रका बीचमा एकिकरण भै नेकपाको नाम राखिएपनि ऋषी कट्टेलले आफुले दर्ता गरेको नेकपा अरुको हुन नसक्ने भन्दै मुद्दा हालेका थिए । अदालतले कट्टेल कै नेकपालाई मान्यता दिदै निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहने जनाएकाे छ ।