वीरगंज । पर्सागढी नगरपालिकाकाे वडा नं. ४ बर्वाटाडीमा रहेकाे एक कठ्ठा १० धुर जग्गा एक व्यक्तिले छठ घाटकाे लागि मन्दिरकाे नाममा दान गरेका छन् ।
काठमाडाैं महानगरपालिकाकाे वडा नं. ३ बांसबारी निवासी भिम बहादुर खड्काले ३५ लाख मुल्य पर्ने साे जग्गा दान गरेका हुन् ।
खड्काले फागुन १९ गते मालपाेत कार्यालय पर्सामा पुगी साे जग्गा पर्सागढी शिव पार्वती मन्दिर व्यवस्थापन समिति बर्वाटाडीकाे नाममा नामसारी समेत गरिसकेका छन् ।
खड्काकाे जग्गा दानले हिन्दुहरुकाे महान चाँड छठ पर्वकाे पूजापाठ गर्न सजिलाे हुुने भएकाे छ । उनकाे जग्गा दानले हिन्दुहरुकाे सांस्कृतिक संरक्षणमा पनि सहयाेग पुगेकाे मन्दिर व्यवस्थापन समितिले जनाएकाे छ ।
जग्गा नासारीकाे लागि मन्दिर व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र प्रसाद यादव, सचिव नरेश प्रसाद यादव, सल्लाहकार अच्छेलाल प्रसाद यादव, समाजसेवी नागेन्द्र सिंह, जयकिशाेर चाैरसिया लगायतकाले मालपाेत कार्यालय पुगेका थिए ।