19.6 C
Birgunj
26 November 2024
KALIKATIMES.COM

बिहारको भारतीय बजारमा नेपाली रुपैयाँको मनपरी बट्टा

जिराभवानी । कोरोना भाइरसको कारण करिब ८ महिनादेखि पर्सा लगायत मधेशका जिल्लाहरुमा नाकाबन्दीले खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको असहज परिस्थितिको मौका छोपी सिमावर्ती भारतीय बजारहरुमा नेपाली रुपैयाँसंग भारतीय रुपैयाँ साट्दा मनपरी बट्टा शुल्क लिई नेपालीहरु ठगिदै आईरहेका छन् ।

सिमावर्ती भारतीय बिहारको बजारहरुमा सरसामान खरिद गर्न पुगेका सर्वसाधारण मनपर्दी दर रेटमा नेपाली रुपैयाँसँग भारतीय रुपैयाँ साट्दा मनपरी शुल्क लिईएको एक स्थानीयले बताए ।

केही दिन अगाडि बिहेको लागि खाद्यान्न सामग्री खरिद गर्न पर्साकाे सिमा नजिकको भारतीय बजार भङ्गहा बजारमा पटेर्वा सुगौली गापा २ का स्थानीय राजेश मन्डल पुगेका थिए । राहुल भन्ने पसलेलाई भेट्दा १०० नेपालीको ५५ रुपैयाँ मात्र भारु दिई आफू ठगिएको महसुस गरेका थिए । यो सँगै आजभोलि १ हजार नेपाली रुपैयाँको भारु ६०० / ६१० त कहिले ६१५ भारु दिइने गरेका छन् ।

भार्तिय सिमावर्ती मैनाटड, सिक्टा, इनार्वा, भङ्गहा, जमुनिया, भिखना ठोरीका स्थानबाट दैनिक उपभोग्य वस्तु ल्याउने क्रममा त्यहाँका व्यपारीहरु सर्वसाधारण नेपालीहरुलाई ठगिदै आईरहेको छन् ।

यसैगरी, लत्ताकपडा खाद्यान्नमा पनि दररेट सस्तो भएपनि समस्या पहिलाको नै देखिन्छ । त्यसकारण जीवन एकदमै अस्तव्यस्त हुनुका साथै दैनिक जीवन उकास्न र दैनिकी काट्न धो धो रहेको स्थानियहरुकाे गुनासाे रहेकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा दशाैं उद्याेग दिवस मनाइयाे

कालिका टाईम्स

पटेर्वा सुगाैलीमा दुई सय ३० जनाकाे निशुल्का आँखाकाे शल्यक्रिया

कालिका टाईम्स

जिराभवानीमा नेकपा एसकाे कमिटी पुर्नगठन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.709 sec. Memory consumption:81.47 mb