22.1 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

रनिङ शिल्ड क्रिकेट प्रतियोगितामा गोल्डेन फ्युचर र सगरमाथा मावि विजयी

वीरगन्ज । वीरगंजमा जारी दोश्रो मेयर कप रनिङ शिल्ड क्रिकेट प्रतियोगितामा गोल्डेन फ्युचर मावि र सगरमाथा मावि विजयी भएका छन् । आदर्शनगरस्थित रंगशालामा बुधबार भएको गोल्डेन फ्युचर र सोलकपुर मावि बीचको पहिलो खेलमा गोल्डेन फ्युचर ३४ रनले विजयी भएको हो ।

पहिलो टस जितेर व्याटिङ रोजेको सगरमाथाले २० ओभर खेलमा १६ ओभर १ बलमा अलआउट हुदै ७२ रन बनाएको थियो । जवाफमा गौतम माविले १५.६ ओभरमा सबै विकेट गुमाएर ५९ रनमा समेटिएकाे थियाे ।

टस जितेर दाेस्राे व्याटिङ गरेको गोल्डेन फ्युचरले निर्धारित २० ओभरको खेलमा ६ विकेटको क्षतिमा १७९ रन बनाएको थियो । १८० रनको लक्ष्य सहित जवाफी व्याटिङमा उत्रिएको सोलकपुरले १८ ओभर ५ बल मै अलआउट भएर ८९ रन मात्रै बनाएकाे थियाे ।

त्यस्तै गौतम मावि र सगरमाथा माविबीच भएको दोश्रो खेलमा सगरमाथा मावि १३ रनले विजयी भएको छ ।

पहिलो खेलको म्यान अफ द म्याच रितिक भूषण र दोश्रो खेलको म्यान अफ दी म्याच गौतम माविका हिमांशु गुप्ता घोषित भएको वीरगन्ज महानगरपालिकाका खेलकुद निर्देशक प्रकाश शर्माले जानकार दिए ।

क्रिकेट लिग प्रतियाेगिताकाे उद्घाटन वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पोखरिया गोल्डकपकाे उपाधि वीरगंज युथ एकेडमीले जित्याे

कालिका टाईम्स

नेपालले अमेरिकालाई १७ रनले हरायो

कालिका टाईम्स

श्रीदेवी माई नकआउट क्रिकेट टुर्नामेन्टकाे उपाधि प्रिन्स-११ ले जित्यो

कालिका टाईम्स
SQL requests:215. Generation time:4.111 sec. Memory consumption:81.54 mb