Date
मङ्ल, कार्तिक १७, २०८३
Tue, November 3, 2026

पर्साका २५० विपन्न परिवारलाई कम्बल वितरण

spot_img
spot_img

वीरगंज । बढ्दो चिसोलाई मध्यनजर गरी पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ सिसियाडीमा बुधबार कम्बल वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्सा, उद्योग वाणिज्य संघ र रेडक्रस सोसाइटीको सहकार्यमा बुधबार बढ्दो चिसोलाई मध्यनजर गरी कम्बल वितरण गरिएको हो ।

बढ्दो चिसोलाई मध्यनजर गरी सिसियाडीका दुई सय ५० जना विपन्न परिवारलाई कम्बल वितरण गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । बढ्दाे चिसाे र शितलहरबाट प्रभावति विपन्न परिवारलाई जिल्ला विपथ व्यवस्थापन समितिकाे तर्फबाट कम्बल वितरण गरिएकाे उनले वताए ।

सिसियाडीमा कम्बल विरतण गर्न प्रमुख जिल्ला अधिकारी अर्याल सहित पर्साका सहायक प्रमुख जिल्ला अधिकारी निशान राज गाैतम, सुमन कुमार कार्की, प्रहरी उपरिक्षक कुमाेद ढुंगेल, सशस्त्र प्रहरी उपरिक्षक राधेश्याम धिमाल, जिल्ला प्रशास कार्यालयका प्रशासकीय अधिकृत दीपक पटेल, सानोदीप सामाजिक संस्थाका अध्यक्ष क्रिश पटेल लगायत पुगेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

समाचार लेखेकै कारण पत्रकारलाई धम्की, वडाध्यक्षमाथि कारबाही गर्न प्रेस चौतारीको माग

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिका–४ का वडाध्यक्ष लक्ष्मण साह कानुले पत्रकार शैलेश साह कानुलाई सार्वजनिक मञ्चबाटै अपशब्द प्रयोग गर्दै कुटपिटको धम्की दिएको आरोप लागेको...

काठ बरामद गर्न गएको संयुक्त टोली र स्थानीयबीच झडप, ८ थान झ्याल नियन्त्रणमा

सेढवा । पर्साको जिराभवानी गाउँपालिका–१ महादेवपट्टीस्थित पकडीटोलमा रहेको एक चिरान तथा फर्निचर उद्योगबाट काठ बरामद गर्ने क्रममा सुरक्षाकर्मी, वन कर्मचारी र स्थानीयबीच झडप भएको...

जिराभवानीमा कक्षाकोठामै प्रधानाध्यापकमाथि हातपात

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२ स्थित श्री वनशक्ति प्राथमिक विद्यालय, काठमाडौं टोलका प्रधानाध्यापक गोविन्द मिर्दाहामाथि विद्यालयकै कक्षाकोठाभित्र हातपात भएकाे छ। विद्यालयमा लामो समयदेखि चल्दै आएको...