जिराभवानी । पर्सा जिल्लाका यस्ता ठाउँ जहाका स्थानिय बासिन्दाहरुलाई समान्य औषधी सिटामोल लिनलाई पनि १२ किलाेमिटर पैदल हिड्नु पर्दछ । त्यो गाउँ पर्सा कै ठोरी गाउँपालीका वडा नम्बर ३ को सिकारी बाँस गाउँ हो ।
जिल्लाकाे सदरमुकाम वीरगंजबाट करीब ६५ किलोमीटर टाढा र वीरगंज ठोरी सडकखण्डबाट ६ किलाेमिटर जंगलभित्र पर्सा राष्ट्रीय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जको दोसाधमा यो गाउँ अवस्तिथ रहेकाे छ ।
यस गाउँमा ४५ घरधुरी आदिबासी जनजाति थारु समुदायको बसोबास रहेकाे छ । सो गाउँका स्थानिय बासिन्दाहरु राज्यबाट पाउने स्वास्थ्य सेवाबाट अहिलेसम्म बञ्चित रहेकाे गुनासो गरेका छन् ।
स्थानिय राजिन्द्र चौधरीका अनुसार ज्वरो, रुघाखोकी, झाडापखाला जस्ता समान्य रोगका औषधी लिन १२ किलो मिटर टाढा रहेका स्वास्थ्य चौकी बिजयबस्ती पुग्नु पर्ने वाध्यता रहेकाे वताए । बाटोघाटोको सुबिधा नभएका कारण पैदल गई औषधी ल्याउनलाई आधा दिन लाग्ने गरेकाे र त्यती समयावधीमा बिरामीकाे अवस्था झनै बिग्रिने गरेको चौधरीको भनाई छ ।
कहिलेकाँहि बिरामीको अवस्था नाजुक भएका बेला ढोडसंगबाट (बासमा कपडा बाधी कपडामा बिरामी राखी दुइ तिरबाट बोकेर लैजाने साधन) स्थास्थ्य चौकीसम्म लगने गरेका सोना देवी थरुनीले बताईन ।
उनका अनुसार गर्भवती महिलालाई सुत्केरी गराउन दिउँसो भए स्वास्थ्य संस्थामा लैजान प्रयास गरीएपनि रातीकाे बेला भगवान भरोसा छोडीदिने गरेका छन् । सुत्केरी गराउँदा आमा र बच्चा सकुशल भए हाम्रो अंश र मृत्यु भए भगवानको अंश रहेका कुरा स्वीकार्दै एक आपसमा दु:ख बाड्ने गरेकाे फेकनी देवी थरुनीले बताउँछिन् ।
त्यसैगरी स साना बालबालिकाहरुलाई मासिक लगाईने खोपबाट कतिपय बालबालिकाहरु बन्चित हुँदै आएकाे थरुनीले बताईन ।
जनताको हक अधिकार सुनिश्चित गर्ने भनेर कतिपय जन आन्दोलनबाट गाउँ घरमा सिंहदरबार आएपनि यहाँका जनताकाे स्वास्थ्य सम्बन्धी अधिकार कसले र कहिले देलान ? प्रशन स्थानीय हुलासी चौधरीले गरिन । उनि भन्छिन् “चुनाव आए दिनदिनै विभिन्न पार्टीहरूका नेता कार्यकर्ता हाम्रो गाउँमा आउँछन्, विभिन्न लोभ प्रलोभन देखएर भोट मागछन् तर नेताहरु जितेर बिकासको कुरा के गराैं मुख देखाउन पनी आउदैनन् ।”