वीरगंज । हुण्डी काराेबारकाे आराेपमा पर्सा प्रहरीले दुई जना भारतिय नागरिकलाई पक्राउ गरेकाे छ ।
प्रहरीले वीरगंज महानगरपालिकाकाे वडा नं.१६ रजतजयन्ती चोकस्थितबाट चेक जाँच गर्ने क्रममा भारतकाे पुर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल वडा नं.२५ बस्ने बर्ष ४० को संजय कुमार गुप्ता र साेही ठाउँका बर्ष ३७ को बिनोद कुमारलाई पक्राउ गरेकाे हाे ।
भारतको रक्सौलबाट नेपालतर्फ बिआर ०५ एडि ६८६९ नम्बरको पल्सर मोटरसाइकलमा आइरहेकाे दुबै जनालाई स्रोत खुल्न नसकेको नेपाली रु.७ लाख र माेटरसाइकलसहित बिहिबार ८:३० बजे पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
पक्राउ परेका दुबै जनालाई वैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ विपरीतको कसूरमा शुक्रबार पर्सा जिल्ला अदालतको आदेशले ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस