26.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

सर्वाेच्चकाे संसद पुर्नस्थापनाकाे निर्णयले संविधानकाे रक्षा र जनताकाे जित

वीरगंज । प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको नेकपा पर्साले जनाएकाे छ ।

नेकपाका पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साह र जिल्ला सचिव विजय महताेले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै सर्वाेच अदालतकाे निर्णयले संविधानकाे रक्षा र जनताकाे जित भएकाे वताएका छन् ।

जारी विज्ञप्तीमा संविधानका प्रावधानलाई मिचेर प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन प्रतिगमनकारी थियो । सम्मानित सर्वोच्च अदालतले संवैधानिक अपेक्षा र जनभावना अनुसार अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गरिएकाे छ । 

साथै विज्ञप्ती मार्फत सम्पूर्ण नेपाली जनता, आन्दोलनमा उत्रेका राजनीतिक दलहरु, नागरिक समाज, पत्रकारलाई हार्दिक धन्यवाद समेत व्यक्त गरिएकाे छ ।

त्यसैगरी, नेकपाका वीरगंज महानगर सचिव मनाेज चाैधरीले सर्वाेचच्च अदालतकाे संसद पुर्नस्थापनाकाे निर्णयले न्यायलय प्रति विश्वास बढेकाे वताएका छन् । उनले कालिका टाईम्ससंग कुरा गर्दै सर्वाेच्च न्यायसंवत निर्णयले संविधानकाे रक्षा र जनताकाे जित भएकाे प्रतिक्रिया दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.755 sec. Memory consumption:81.46 mb