24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

बाराकाे दशाैं जिल्ला समन्वय बैठक सम्पन्न

वीरगंज । बाराकाे स्थानिय तहहरुकाे १० औं जिल्ला समन्वय बैठक साेमबार पर्सा राष्ट्रिय निकुंज, आदाभार बारामा सम्पन्न भएकाे छ ।

परवानीपुर गाउँपालिकाकाे आयाेेजनामा भएकाे १० औं समन्वय बैठकले १० वटा निर्णय गर्दै सम्पन्न भएकाे  बाराका जिल्ला समन्वय अधिकारी सुनिल चाैरसियाले वताए ।

जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशाेर सिंहकाे अध्यक्षतामा बसेकाे बैठकले सम्बन्धित स्थानिय तहले घरबाटाे प्रमाणित गर्दा बाटाेकाे वास्तविक अवस्था खुलाएर मात्र गर्ने, साविक लिपनी विर्तामा कायम भएका तर भाैगाेलिक हिसाबले हाल परवानीपुर गाउँपालिका वडा नं. ४ का वडाहरु (वडा नं. ७, ८ र ९) परवानीपुुर गाउँपालिकामा कायम गराउन आवश्यक पहल गर्ने, परवानीपुर गाउँपालिका वडा नं. ५ र प्रसाैनी गाउँपालिका वडा नं. ३ बिच सिमा विवाद देखिएकाेले साेकाे निराकरणका लागि नक्सा यकिन गरी छलफल मार्फत समाधान गर्ने निर्णय भएकाे अधिकारी चाैरसियाले जानकारी दिए ।

यस्तै, बैठकले जिल्ला समन्वय समितिले आयाेजना गर्ने नेपाल सरकारद्वारा जारी गरिएकाे स्थानिय तह संस्थागत क्षमता स्वमूल्यांकन सम्बन्धि बैठकमा अनिवार्य सम्पूर्ण पालिकाहरु सहभागि हुने, आगामी बैठकदेखी जिल्ला स्तरका विषयगत कार्यालयका प्रमुखहरु तथा कानुन क्षेत्रमा दक्षता राख्ने वकिल तथा न्यायधिशलाई आमान्त्रण गर्ने, गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा बाराद्वारा गरिएकाे अपिल उपर मध्य नजर गरी निति नियमकाे अधिनमा रही कार्यन्वयनकाे लागि आवश्यक पहल गर्ने लगायतकाे निर्णय भएकाे उनले जानकारी गराए ।

जिल्ला समन्वय समिति बाराकाे संयाेजनमा बस्दै आएकाे अगामी जिल्ला समन्वय बैठक प्रत्येक महिनाकाे पहिलाे शनिबार ८ बजे गर्ने र अर्काे महिनाकाे बैठक चैत ७ गते शनिबारकाे दिन कलैया उपमहानगरपालिकामा बस्ने समेत बैठकले निर्णय गरेकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:216. Generation time:4.438 sec. Memory consumption:81.48 mb