22.1 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वीरगंजमा स्लो साइकल प्रतियोगिता सम्पन्न

वीरगञ्ज । वीरगंज साइक्लिङ्ग क्लबकाे आयाेजनामा शनिबार स्लो साइकल प्रतियोगिता सम्पन्न भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा नजिक रहेकाे मैदानमा भएकाे प्रतियाेगितामा केशव खेतान प्रथम भएका थिए । अशोक चौधरी र रचित सरावगी क्रमश द्वितीय र तृतीय भएका थिए । कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुनेलाई शिल्ड र सहभागीलाई मेडल प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले साइकल चलाउँदा व्यक्तिगत स्वास्थ्य र वातावरण संरक्षण दुवैतिर फाइदा हुने बताए ।

साइकलको प्रयोग बढाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा ६ वर्षदेखि ६० वर्ष उमेर समूहका साइकल चालकहरु सहभागी भएका थिए ।

वीरगञ्ज साइक्लिङ क्लबकी कोषाध्यक्ष एवं प्रतियोगिता आयोजक कमिटीको संयोजक नुतन सरावगीले साइकलको प्रयोग बढाउनका लागि क्लबले विभिन्न गतिविधिको अयोजना गर्ने क्रममा ‘स्लो साइक्लिङ कम्पिटिसन’को आयोजना गरिएको बताइन् ।

क्लबका अध्यक्ष संजय कुमार अग्रवालकाे अध्यक्षता र वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चाैहान, सशस्त्र प्रहरी गणका प्रहरी उपरिक्षक राजेन्द्र खड्का, वीरगंज उद्याेग वाणिज्य संघका अध्यक्ष गाेपाल केडिया लगायतकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पोखरिया गोल्डकपकाे उपाधि वीरगंज युथ एकेडमीले जित्याे

कालिका टाईम्स

नेपालले अमेरिकालाई १७ रनले हरायो

कालिका टाईम्स

श्रीदेवी माई नकआउट क्रिकेट टुर्नामेन्टकाे उपाधि प्रिन्स-११ ले जित्यो

कालिका टाईम्स
SQL requests:215. Generation time:4.908 sec. Memory consumption:81.53 mb