22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

अनुगमन नहुदा चिरानहरुमा बिना चाटा लागेको काठ फेला पर्दै

पर्सा । जिल्ला वन डिभिजन कार्यालय पर्साबाट अनुगमन नहुदा चिरानहरुमा बिना चाटा लागेको काठ ब्यापक रुपमा पाइएको छ ।

जिल्ला वन कार्यालको मिलोमतोमा काठका गोलाईहरु बिना खरिद पुर्जीको वीरगंजको बिभिन्न चिरानहरुमा आउने गरेको स्राेतले जनाएको छ । विन्दवासिनी साझेदारी वन ब्यवस्थापन समितीका संयोजक रिजवान मियाँ र प्रस्तावित गादीमाई साझेदारी वन ब्यवस्थापन समितीका सह संयोजक सहरुम राउत गद्दीका अनुसार अनुगमनलाई तिब्रता दिइयो भने वनबाट हुने काठको चोरीपैठारी रोकिन सकिन्छ ।

पर्सा जिल्ला लगायत बाराका केही भागमा पनि वनजंगलबाट कच्चा काठ कटानी गरी साईकल, मोटरसाईकल तथा अन्य सवारीसाधनमा लुकाईछुपाई जिल्लाका बिभिन्न चिरान मिलहरु लगायत वीरगंजका चिरानहरुमा पनि काठका गोलाई पुग्ने गरेको स्थानियहरु बताएका छन् ।

वन कर्मचारी र प्रहरीप्रशाससनको मिलोमतोमा काठको तस्करीमा बृद्धि भई सदरमुकाम सम्म पुग्ने गरेको प्रत्यक्षदर्शीहरु बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.654 sec. Memory consumption:81.46 mb