24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

संघिय प्रेस फोरमकाे बैठक सम्पन्न

वीरगंज । संघिय प्रेस फोरम जिल्ला कार्य समिति पर्साको पदाधिकारी बैठक बुधबार सांझ बीरगंजमा सम्पन्न भएको छ ।

बैठकले प्रेस फोरमका जिल्ला अध्यक्ष आरके पटेलको नेतृत्वमा नेपाल पत्रकार महासंघ पर्साको आगामी चुनावमा सहभागी हुने निर्णय गरेको छ । बैठकले महासंघ पर्साको आगामी चुनावका लागी प्रेस फोरमका वरिष्ठ पत्रकार अनिल तिवारीको अध्यक्षतामा ५ सदस्सयीय समन्वय तथा वर्ता समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

सो समितिले चुनावमा आफ्नो उमेदवारहरुलाई भारी मतले विजयी बनाउन अन्य पत्रकार संस्थाहरुसँग समन्वय गर्ने अध्यक्ष पटेलले वताए ।

प्रेस फोरमका जिल्ला अध्यक्ष पटेलको अध्यक्षतामा बसेको उक्त बैठकमा विघटीत प्रतिनिधि सभा सदस्य प्रदिप यादव, जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव, जसपा जिल्ला सचिव तवरेज अहमद, प्रेस फोरमका वरिष्ठ जिल्ला उपाध्यक्ष श्याम कुशवाहा, सचिव निखिल वर्णवाल, राम कुशवाहा, वरिष्ठ पत्रकारद्वोय अनिल तिवारी, ध्रुव साह, चन्द्रभुषण साह, जसपा नगर अध्यक्ष ईश्वर यादव, पत्रकार एस.एम जहाँगस्त, नरेश सर्राफ, अमित अग्रवाल लगायतको उपस्थिति रहेको थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:5.603 sec. Memory consumption:81.47 mb