7 April 2025
KALIKATIMES.COM

किशनकाे उपचारकाे लागि सहयाेग रकम जुट्दै

वीरगंज । पर्साकाे पोखरिया नगरपालिका वडा न.६ श्रिसिया निवासी विपन्न परिवारका शम्भु हजरा दुशादको ६ वर्षिय छाेरा किशन कुमार पासवानकाे उपचारकाे लागि सहयाेग रकम जुटन थालेकाे छ ।
 
मृगौलामा समस्या देखिएकाे बालककाे काठमाडौंस्थित कान्ति बाल अस्पतालको बेड नं.१५५ मा उपचार भइरहेकाे छ । गरिब र विपन्न परिवारका ति बालककाे उपचारकाे लागि हाल सम्म कूल रु. ६२ हजार ४ सय २६ सहयाेग रकम संकलन भएकाे पाेखरिया युवा समाजका उपाध्यक्ष दिनेश मिश्राले जानकारी दिए । 
 
उनका अनुसार पोखरिया युवा समाजकाे पहलमा हाल सम्म वीरगंज माइस्थानका अजय सर्राफ ५ हजार, तबरेज देवान ५ हजार, श्रीसियाका परमेश्वर गिरी ५ हजार ४ सय १५, पाेखरियाका राजकिशोर रौनियारले ३ हजार, जस्टीन श्रेष्ठ ३ हजार, आलाेक मिश्रा, पाेखरियाका अमित श्रिवास्तव,  अभास राैनियार, डा. अशाेक राज ठाकुर, बनकटवाका विजय सिंह चौहान २/२ हजार, रामगढवा असलम अंसारी एक हजार ५ सय, मानिपुरका दिलिप पाडेंले एक हजार एक सय, धामु शर्मा एक हजार एक सय, रामनाथ चाैरसिया एक हजार ५१ सहयाेग गरेका छन् ।
 
त्यसैगरी, वीरगंज राधेमाईका दिपेश कार्की, अरुण शुक्ला, राधेश्याम शर्मा, बसन्तपुरका रामनाथ चाैरसिया, बनकटवाका शेषमन पटेल, नारायणी सिमेन्टका बलिराम यादव, बिरन्चीबर्वाका तेजेन्द्र माली, मनिभुषण महताे, प्रदिप राउत, विजय यादव, दिपेश शर्मा जबरा जयराम पटेलले रु एक/एक हजार सहयाेग गरेका छन् ।
 
यस्तै, एक दर्जन भन्दा बढीले पनि रु ५ सय र साे भन्दा कम सहयाेग गरेका छन् । 
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:208. Generation time:9.142 sec. Memory consumption:82.27 mb