वीरगंज । पर्साकाे निर्वाचन क्षेत्र नं. ४ काे (ख) मा शनिबार नेपाली कांग्रेसकाे प्रशिक्षण कार्यक्रम सम्नन्न भएकाे छ । प्रदेश सभा क्षेत्र अन्तर्गतका वडाका सभापति, सचिव र काेषाध्यक्षहरुकाे लागि जिराभवानी गाउँपालिकाकाे वडा नं. १ जगतियामा आयाेजित प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे हाे ।
प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले संगठन बिस्तार र निर्माण जुटन निर्देशन दिए । उनले ताेकिएकाे मितिमा निर्वाचन हुन सकने भएकाे संगठन संगठन बनाउनु पर्नेमा जाेड दिए ।
नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं. ४ काे (क) काे आयाेजनामा भएकाे कार्यक्रममा फागुन ७ गतेदेखी क्षेत्र अन्तर्गतकाे १६ वटै वडामा संचालनमा आउने पार्टीकाे वडा कार्यालयकाे लागि बाेर्ड र बैग समेत वितरण गरिएकाे थियाे ।
क्षेत्रिय सभापति श्रीकान्त यादवकाे सभापतित्वमा भएकाे कार्यक्रममा महासमिति सदस्य बशिष्ठनारायण कुर्मी, बृहस्पति श्रेष्ठ, रामदेव चाैहान, जिल्ला सदस्य नविन सिंह, रामु पाण्डे, नेता दिनेश चाैधरी लगायतकाले प्रशिक्षण दिएका थिए ।