24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

अवैध बालुवा उत्खनन राेकन खाेज्दा भारतियसंग झडप, दुई सशस्त्र प्रहरी घाइते

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. १ पिपडाँडीस्थित रहेकाे ओरिया खाेलाबाट अवैध रुपले बालुवा भारततर्फ लैजाने टयाक्टरलाई नियन्त्रणमा लिँदा शुक्रबार दुई सशस्त्र प्रहरी घाइते भएका छन् ।  

नेपाली भुमिमा पर्ने खोलाबाट अवैध तरिकाले बालुवा उत्खनन गरी लगिरहेकाे टयाक्टर सशस्त्र प्रहरिले नियन्त्रणमा लिँदा भारतियहरुकाे आक्रमणले सशस्त्र प्रहरी जवानद्वय आयुष राय यादव र महेश प्रसाद यादव घाइते भएका हुन् । घाइते मध्येकाे आयुषकाे वीरगंजस्थित नारायणी अस्पतालमा उपचार भइरहेकाे छ । अर्का घाइते प्रहरी जवान महेशलाई नारायणी अस्पतालमा मै उपचार गरिएपछि शुक्रबार सांझ घर फर्केका थिए ।   

प्रहरी जवान आयुसको कानमा बेल्चाको प्रहारबाट गम्भीर रुपले चोट लागेको छ । उनको कानमा १८ वटा टाँका लगाइएको उपचारमा सलंगन नारायणी अस्पतालका चिकित्सकले जनाएका छन् ।

अर्का घाइते प्रहरी जवान महेशकाे खुट्टा र हातमा चोट लागेको छ । उनको देब्रे हात भाँचिएको छ । 

बोर्डर आउट पोष्ट पिडारी गुठीका सशस्त्र प्रहरी निरिक्षक बसन्त जिसी र बोर्डर आउट पोष्ट जिराभवानीका शसस्त्र प्रहरी निरिक्षक केदार राइको टोलीले अवैध रुपमा बालुवा उत्खनन गर्ने टयाक्टरलाई नियन्त्रणमा लिन ओरिया खाेला पुगेकाे थियाे । स्थानियका अनुसार सशस्त्र प्रहरीले ३ वटा बालुवा लाेड गरेकाे भारतिय टयाक्टर नियन्त्रणमा समेत लिएकाे थियाे ।

तर नियन्त्रणमा लिइएका ट्याक्टर लिएर आउने क्रममा खोलामै ट्याक्टर भाँसिएपछि सशस्त्र प्रहरीले निकाल्ने प्रयास गरिरहेको थियो । त्यही बेला (बिहान ५ बजे )खोला छेउका भारतको भंगाहा, इनर्वा र बिसनपूर्वा गाउँबाट बेल्चा, लठठी र भाला बोकेर आएका भारतीय तस्कर र गाउँलेको हुलले सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेको थियाे । 

आक्रमणमा परि हात भाँच्चिएर घाइते भएका सशस्त्र प्रहरी जवान महेशले भने,’ बेल्चा र लठ्ठी बोकेर आएको ५०/६० जनाको हुलले अन्धाधुन्द हाम्रो टोलीमाथि आक्रमण गर्न थालि हाल्यो, जसोतसो गरेर भागेर ज्यान जोगायौं ।

स्थानीयका अनुसार बिहार पश्चिमी चम्पारण गदियानी भंगाहाका कारोबारीले बिहानदेखि साँझसम्म दैनिक एक सयदेखि एक सय ५० ट्याक्टर बालुवा उत्खनन् गरी लाने गरेका छन् । दुई देशको सीमा छुट्याउने पिलर नम्बर ४२४/१९ बाट झन्डै ७ सय मिटरभित्र नेपाली भूमिमा प्रवेश गरी निर्वाध रुपले बालुवा ढुवानी गर्दै आएका छन् । भारतीयले गरेको आक्रमणको विषयमा समकक्षीसँग समन्वय गरिरहेको सशस्त्रका एसपी राजेन्द्र खड्काले बताए ।

साेही टयाक्टरलाई लिएर आउने क्रममा सशस्त्र प्रहरी र भारतियहरु बिच झडप हुदा दुई सशस्त्र प्रहरी जवान घाइते भएका हुन् । खाेला नजिकै रहेकाे भारतिय गाउँ इनर्वा र भंगाहाबाट आएकाे ४०/५० जनाकाे समुहले आक्रमण गर्दा सशस्त्र प्रहरी घाइत । साेही झडपमा परेर सशस्त्र प्रहरी जवान २ जना घाइते भएकाे पर्साका सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्काले वताए ।  ‘

खोलामा पसेर जथाभावी बालुवा उत्खनन गर्दा वातावरणसमेत प्रभावित भएको स्थानीयवासीहरुको गुनासाे छ । विगत २० वर्षदेखि उक्त खोलाको स्वामित्वका बारेमा दुई देशबीच विवाद रहेको र भारतीयले खोलाबाट बालुवा निकाल्नेक्रम नरोकिएको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ मन्सुरीले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.029 sec. Memory consumption:81.47 mb