वीरगंज । पर्साकाे निर्वाचन क्षेत्र नं. ४ मा शुक्रबार नेपाली कांग्रेसकाे प्रशिक्षण कार्यक्रम सम्नन्न भएकाे छ । क्षेत्र अन्तर्गतका वडाका सभापति, सचिव र काेषाध्यक्षहरुकाे लागि कालिकामाई गाउँपालिकाकाे वडा नं. १ मुडलीमा आयाेजित प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे हाे ।
प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले संगठन मजबुत भए पार्टी मजबुत हुने भएकाेले संगठनलाई बलियाे बनाउनु पर्नेमा जाेड दिए । उनले बैशाख मै निर्वाचन हुन सक्ने पनि सम्भावना रहेकाेले संगठन निर्माणमा जुटन र निर्वाचनकाे लागि तयारी अवस्थामा रहन समेत कार्यकर्ताहरुलाई निर्दैशन दिए ।
नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं. ४ काे आयाेजनामा भएकाे कार्यक्रममा फागुन ७ गतेदेखी क्षेत्र अन्तर्गतकाे ३२ वटै वडामा संचालनमा आउने पार्टीकाे वडा कार्यालयकाे लागि बाेर्ड र बैग समेत वितरण गरिएकाे क्षेत्रिय सचिव बलिष्टर अहमदले बताए ।
क्षेत्रिय सभापति रमेश पाण्डेकाे सभापतित्वमा भएकाे कार्यक्रममा महाधिबेशन प्रतिनिधि बशिष्ठनारायण कुर्मी, बृहस्पति श्रेष्ठ, जिल्ला सदस्य नविन सिंह, क्षेत्रिय सचिव श्रीकान्त यादव लगायतकाले प्रशिक्षण दिएका थिए ।