26.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

काठमाडाैंमा हुने जनप्रदर्शनमा सहभागि हुन पर्साबाट ५० बस प्रस्थान

वीरगंज । नेकपा प्रचण्ड-माधव समुहकाे बुधबार काठमाडाैंमा हुनेमा जनप्रदर्शनमा सहभागि हुन पर्साबाट ५० वटा बस प्रस्थान गरेकाे जनाइएकाे छ ।

प्रतिगमन विरुद्ध  हुने विशाल जनप्रदर्शनमा सहभागि हुन मंगलबार सांझ पर्साकाे विभिन्न पालिकाबाट ५० वटा बस र ५० वटा भन्दा बढी चार पाङग्रे सवारी साधनहरु काठमाडाैंकाे लागि प्रस्थान गरेकाे अनेरास्ववियूका केन्द्रिय सदस्य जुबेर आलमले वताए ।

जस मध्ये वीरगंजबाट मात्र १८ वटा बस काठमाडाैंकाे लागि प्रस्थान गरेकाे उनले जानकारी दिए । अन्य पाेखरिया नगरपालिका, पर्सागढी नगरपालिका, बिन्दवासिनी गाउँपालिका, पकहा मैनपुर गाउँपालिका, जगरनाथपुर गाउँपालिका लगायतकाे ठाउँबाट बसहरु खुलेकाे उनले जानकारी गराए । 

नेकपा केन्द्रिय सदस्य एवम् पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साह, जिल्ला सचिव विजय महताे र वीरगंज महानगर अध्यक्ष रहबर अन्सारीकाे नेतृत्वमा सबै बसहरु काठमाडाैंकाे लागि प्रस्थान गरेकाे जनाइएकाे छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीकाे असंवैधानिक कदम र प्रतिगमन विरुद्ध काठमाडाैंमा हुने विशाल जनप्रदर्शनमा पर्साबाट दुई हजार भन्दा बढी मानिसहरु सहभागि हुने वताइएकाे छ । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.852 sec. Memory consumption:81.46 mb