26.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

संसद विघटनले देशमा राजनैतिक संकट सिर्जना भएकाे छ : डा. महत

nepali congresh_ramshran mahat

वीरगंज । नेपाली कांग्रेस पर्साले शनिबार पनि संसद विघटनको बिरुद्ध वीरगंजमा बिरोध प्रदर्शन गरेको छ । वीरगंजको घण्टाघरबाट निस्केको बिरोध जुलुश माईस्थान, महावीरस्थान, आदर्शनगर, घडिअर्वा हुँदै पुनः घण्टाघर पुगी कोण सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता डा. रामशरण महतले प्रतिनिधि सभा विघटनपछि घोषणा गरिएको मध्यावधी चुनावले कांग्रेसलाई राम्रो अवसर प्राप्त भएको भएपनि आफूहरु विघटनको विरुद्धमा भएको बताए । उनले प्रतिनिधि सभा विघटनले कांग्रेसलाई फाइदा हुने भनी धेरैले टिप्पणी गरिरहेको भएपनि काँग्रेस पार्टीगत नभई राष्ट्रगतका हितका लागि प्रतिबद्ध भएको बताए ।

त्यसैले काँग्रेस प्रतिनिधि सभाको पुर्नस्थापनकाे पक्षमा रहेको नेता महतले प्रष्ट पारे । सरकारले देशको आर्थिक सामाजिक क्षेत्रलाई सुधान गर्ने तिर ध्यान दिनुपर्नेमा प्रतिनिधि सभा विघटन गरी देशमा राजनैतिक संकट सिर्जना गरेको आरोप समेत डा. महतको रहेको थियो ।

नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुको आयोजनामा भएको बिरोध प्रदर्शनमा नेपाली कांग्रेसका केन्द्रिय अजय चौरसिया, पर्सा जिलला सभापति अजय दुवेदी, नेता राजेन्द्र बहादुर अमात्य, प्रदेश सभा सदस्य राजेश्वर साह, ओमप्रकाश शर्मा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.393 sec. Memory consumption:81.46 mb