39 C
Birgunj
5 April 2025
KALIKATIMES.COM

वीरगञ्जमा हार्ट एण्ड सुपर स्प्यासिलिटी पोलिक्लिनिककाे उद्घाटन

clinic sanchalan

वीरगञ्ज । वीरगञ्जमा मटुसम्बन्धी सम्पूर्ण रोगको उपचारका लागि ‘वीरगञ्ज हार्ट एण्ड सुपर स्प्यासिलिटी पोलिक्लिनिक’ले सेवा शुरू गरेको छ । 

क्लिनिकको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बिहीबार उद्घाटन गरेका थिए । 

मुटुसम्बन्धी समस्याको सहज उपचारलाई लक्षित गरेर सेवा शुरू गरिएको पोक्लिनिकका सञ्चालक डा. मधु गुप्ताले बताईन । बिरामीहरूलाई सहज र सुलभ रुपमा विशेषज्ञसहित सेवा प्रदान गरिने सञ्चालक डा. गुप्ताले जानकारी दिइन । 

पोलिक्लिनिकमा मुटुसम्बन्धी उपचारमा टीएमटी, पीएफटी, इको, एबीपी मोनिटरिङ लगायतको सेवा दिइने छ । पोलिक्लिनिकले विशेषज्ञ डाक्टरहरूद्वारा मुटुसम्बन्धी सबै उपचार सेवा, मधुमेह, थाइराइड, स्त्री रोग, पेटसम्बन्धी समस्या, फोक्सोको जाँच र नशा रोगको उपचारको प्रबन्ध मिलाएको डा. गुप्ताले बताईन । 

बाल तथा शिशु रोग विशेषज्ञबाट नवजात शिशु र बाल रोगको पनि उपचार हुने पोलिक्लिनिकले जानकारी दिएको छ । विरामीलाई सहज रुपमा उपचारका लागि पोलिक्लिनिक परिसरमै प्याथोजी ल्याव र फार्मेसीको पनि व्यवस्था मिलाइएको छ ।

पोलिक्लिनिकले उपचारमा नयाँ प्रविधि र विशेषज्ञतालाई विशेष जोड दिइएको बताएको छ । वीरगञ्जबाहिरका विशेषज्ञ डाक्टरहरूबाट पनि बिरामीलाई सेवा प्रदान गर्ने व्यवस्था मिलाउने योजना पनि बनाएको छ । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

भ्रष्टाचार विरुद्ध र सुशासनकाे लागि वीरगंजमा युवा संघकाे विराेध र्‍याली

कालिका टाईम्स

अभिभावक संघकाे कार्यक्रममा ४ महिला सहित ७७ जानाद्वारा रक्तदान

कालिका टाईम्स

कालिकामाईकाे भेडिहारीमा गाउँपालिका अध्यक्ष गुप्ताद्वारा विद्यालय भवनको शिलान्यास

कालिका टाईम्स
SQL requests:215. Generation time:4.141 sec. Memory consumption:82.48 mb