26.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

नेपाल बन्द सफल पार्न वीरगंजमा मशाल जुलुश

neapal bandko lagi masal julus

वीरगंज । नेकपा प्रचण्ड-माधव समुहले बुधबार सांझ वीरगंजमा मशाल जुलुश प्रदर्शन गरेकाे छ । असंवैधानिक कदम विरुद्ध पार्टीकाे केन्द्रिय संघर्ष समितिद्वारा घाेषणा गरिएकाे बिहिबारकाे नेपाल बन्द सफल बनाउन मशाल जुलुश प्रदर्शन गरिएकाे अनेरास्ववियुका केन्द्रिय सदस्य शिवम साहले वताए ।

वीरगंजकाे घण्टाघरस्थित एक गल्लीबाट निस्केकाे मशाल जुलुश माईस्थान, महाविरस्थान, आदर्शनगर, घडिअर्वा हुदै पुन: माईस्थानमा पुगी काेण सभामा परिणत भएकाे थियाे । मशाल जुलुशकाे प्रदर्शनकाे क्रममा प्रहरीले हस्तक्षेप समेत गरेकाे थियाे ।

काेण सभालाई सम्बाेधन गर्दै नेकपा प्रदेश कमिटी सदस्य छाेटेलाल यादवले असंवैधानिक कदम विरुद्धकाे बन्दकाे कार्यक्रम सफल बनाउन सम्पूर्ण उद्याेगी, व्यवसायी, शैक्षिक संस्था, यातायात व्यवसायीहरुलाई आग्रह गरे ।

मशाला जुलुशमा नेकपा पर्सा जिल्ला सचिव विजय महताे, प्रदेश सदस्य रामबाबु बैठा, वीरगंज महानगर अध्यक्ष रहबर अन्सारी,  युवा संघका केन्द्रिय सदस्य अरुण यादव, अनेरास्ववियुका केन्द्रिय सदस्य प्रभाकर गुप्ता, जुबेर आलम लगायतकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.854 sec. Memory consumption:81.46 mb